बैशाख २१, २०८१ शुक्रबार

जुकेखाडी सामुदायिक वनको निर्वाचन सम्पन्न, २९९२ मत खस्यो

शनिश्चरे । अर्जुनधारा नगरपालिकास्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उपभोक्ता समूहको कार्यालय परिसरमा सोमवार बिहान ८ बजेदेखि मतदान शुरु भई साँझ ५ बजे सम्पन्न भएको हो ।

वन उपभोक्ता समूहको निधान अनुसार १५ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र पाँच महिला तथा पुरुष खुल्ला सदस्य, पाँच वटा क्षेत्रबाट निर्वाचित ५ जना सदस्य भएको समितिमा जम्मा ४३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

चुनावी प्रतिस्पर्धामा प्रगतिशील प्यानलबाट अध्यक्षका उमेदवार नरेन्द्र प्रसाद मिश्रले आफ्नो प्यानलको जीत सुनिश्चित भएको बताउँदै पाँच महत्वपूर्ण पद सहित सदस्यहरु जित्ने भएको दाबी गरेका छन् । त्यस्तै लोकतान्त्रिक प्यानलबाट अध्यक्षका प्रत्यासी अर्का उमेदवार मोहन श्रेष्ठले चुनाव भनेको फुटबल जस्तै खेलको संज्ञा दिए । खेल खेल्ने खेलाडी मैदानमा पसेपछि गोल छिराउन पनि सक्छ , नछिराउन पनि सक्छ । चुनावमा जीत हार भइरहने उनको भनाई थियोे ।

चुनावी प्रतिस्पर्धामा तेस्रो शक्ति हरियाली स्वतन्त्र प्यानलबाट अध्यक्षका उमेदवार भोलानाथ पौडेलले आफ्नो प्यानलले अध्यक्षसहित केही पदहरु जित्ने दाबी गरेका छन् । जम्मा ३५ सय ३७ मतदाता रहेको उपभोक्ता समूहको निर्वाचनमा २९ सय ९२ मत खसेको निर्वाचन समितिका संयोजक दिपीन राईले जानकारी दिए । उनका अनुसार मत गणना आज बेलुकी ९ बजे देखि समितिको कार्यालयमा शुरु गरिनेछ ।

एमाले, माओवादी, राप्रपा र जनमुक्ति पार्टी प्रगतिशिल प्यानल बनाएर चुनाव लढेका हुन् भने लोकतान्त्रिक प्यानलमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी छन् । यस्तै, रास्वपाले हरियाली स्वतन्त्र प्यानल बनाएर निर्वाचनमा सहभागी भएको थियो ।

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]