बैशाख १८, २०८१ मंगलबार

‘बिर्तामोड नगर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउछौं’

डा. सुनिल अधिकारी, मेसु

बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा.सुनिल अधिकारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जाने योजना रहेको बताएका छन् । उनले विगतमा भन्दा धेरै सुधार ल्याएको बताएका हुन् ।

उनका अनुसार एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । अस्पतालमा सेवा लिने सेवाग्रहीको संख्या हरेक दिन बढ्दो क्रममा छ । सेवा विस्तारलाई तिब्रता दिइरहेको नगर अस्पतालले भर्खरै प्रथम वार्षिकोत्सव मनाएको छ । एक वर्षको सेवालाई समिक्षा गर्दा सन्तोषजनक रहेको उनको भनाई छ ।

सो क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या बृद्धि भइरहेकोमा खुशी व्यक्त गरेका थिए ।

नगर अस्पतालमा स्त्री तथा प्रसुति रोग, बालरोग विशेषज्ञ सेवा र मनोरोगको समेत सेवा उपलब्ध छ । २४ घण्टा बर्थिक सेन्टर सञ्चालन गरेको नगर अस्पतालमा ४० जनाको डेलिभरी सफल भइसकेको छ । आधारभूतदेखि शल्यक्रियासम्मका सेवा दिँदै आएको नगर अस्पतालमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै जाने मेसु अधिकारीको योजना छ ।

उनले इजरजेन्सी र वार्ड सञ्चालन गरेर थप सेवा प्रदान गर्न सकिने बताए । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन जरुरी भएको छ । १५ शैयाको नगर अस्पतालमा इमरजेन्सी सेवा र विरामी भर्ना गरेर राख्ने वार्ड मात्र थप गर्न सके नगरवासीलाई ठुलो उपलब्धी हासिल हुने थियो । डा. अधिकार भन्छन्, नगर अस्पतालको सेवा अहिलेसम्म ठिक छ । भावी दिनमा थप राम्रो बनाएर लैजान सकिन्छ ।

विशेष गरी नगर अस्पतालमा विरामीहरु धेरै समय लाइनमा बस्नु परेको गुनासो छ । विरामीहरुले लाइन व्यवस्थापन मिलाउन आग्रह गर्दै आएका छन् । त्यति मात्र होइन, नगरवासीले ल्याव र भिडियो एक्स–रे गर्ने समय अपुग भएको सूझाव दिएका छन् । अस्पताल आउने विरामीले समयको मापदण्डका कारण एक्सरे र ल्यावको लागि सजिलो हुनुपर्ने माग गर्दै आएका छन् । – बिर्तामोड सेरोफेरोमा प्रकाशित 

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]