बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड नगर अस्पतालको वर्थिङ सेन्टर व्यवस्थित छ : गुरुङ

ओम कुमारी गुरुङ, प्रसुति इञ्चार्ज
सिनियर अनमी निरीक्षक

०८० साउन महिनादेखि नगर अस्पतालमा २४ घण्टा प्रसुति सेवा सञ्चालन भइरहेको छ । प्रसुति इञ्जार्च ओम कुमारी गुरुङका अनुसार फागुन महिनासम्म ४२ वटा प्रसुति सेवा प्रदान गरिसकिएको छ । प्रसुति सेवामा सबै सन्तुष्ट भएको पाएका छौं । सन्तानलाई जन्म दिने विषय एउटा परिवारका लागि सामान्य विषय होइन । महंगो अस्पताल जाने, सबै प्रकारका उपकरणको उपलब्धता हेरेर मात्रै प्रसुति गराउने समय बढिरहेको छ । सरकारी स्वास्थ्य संस्था, त्यसमा पनि भर्खरैबाट सुरु भएको सेवालाई विश्वास गरेर आउने परिवार कसैलाई दुख हुन दिएका छैनौं ।

०७३ सालमा वर्थिङ सेन्टरको स्वीकृति प्राप्त गरेको भए पनि भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । तर, नगरपालिकाले नयाँ नेतृत्व पाएसँगै आवश्यक व्यवस्थापन मिलाएर वर्थिङ सेन्टर सञ्चालन गरेको उनको भनाई छ । प्रसुति गर्न आउनेले नियम बमोजिम सरकारले उपलब्ध गराउने भत्ता रु १ हजार पनि पाउने छन् । नियमअनुसार नियमित जाँच गरेर प्रसुति गराउनेलाई थप रु ८०० समेत उपलब्ध गराइने व्यवस्था छ । उनीहरुले सरकारको नियम बमोजिम न्यानो झोला समेत प्राप्त गर्नेछन् । अस्पतालले दक्ष जनशक्तिबाट प्रसुति सेवा उपलब्ध गराइरहेकोले उक्त सेवाबाट लाभान्वित हुन आग्रह समेत गरेकी छन् ।

नगर अस्पतालमा अहिले सिजरको व्यवस्था छैन । तत्कालै आवश्यक प्रवन्ध मिलाएर सिजर समेत गर्ने योजना छ । अहिलेसम्म प्रदान गरिएको प्रसुति सेवाबाट आमा बच्चा दुवैको स्वास्थ्य राम्रो छ । विशेष गरी गरिव, विपन्न परिवारले उक्त सेवा लिएको विवरण छ । हेरचाह र उपचारमा कुनै कसर बाँकी नराख्ने वर्थिङ सेन्टर इञ्चार्जको योजना अनुरुप काम भइरहेको छ ।

अब, नयाँ बन्ने भवनबाट शल्यक्रियाबाट पनि प्रसुति गराउने नगर अस्पतालको योजना छ । त्यसका लागि नगरपालिकाको ठुलो सहयोग गरेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]