बैशाख १८, २०८१ मंगलबार

मेची आँखा अस्पतालमा चिकित्सकहरुसॅग आरओपी विषयक अन्तरक्रिया

बिर्तामोड, ७ चैत । समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का बिषयमा मेची आँखा अस्पतालले चिकित्सकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग बिशेषज्ञ, बालरोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ , एनेस्थेसिया चिकित्सकसंग अन्तरक्रिया गरेको हो ।

समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरुमा अन्धोपन हुन्छ ।  तसर्थ सचेतना अभिबृद्धिकालागि आंखा अस्पतालले सम्बन्धीत चिकित्सकसंग आरओपीका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोतम जोशीले बताउनुभयो ।  चिकित्सकका अनुसार आरओपी भएको बच्चाको जन्म भइसकेपछि प्रसूतिरोग विशेषज्ञ वा नवजात शिशु विशेषज्ञले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

विशेषज्ञ डाक्टरले यसरी जन्मिएको बच्चाको आँखा जाँच गराउन सल्लाह दिए समयमै उपचार हुन्छ । तसर्थ बालरोग र स्त्रीरोग र नेत्र चिकित्सकसंग जनचेतना अभिबृद्धिकालागि अन्तरक्रीया कार्यक्रम गरिएको मेची आँखा अस्पतालका मोतीयाबिन्दु तथा रेटिना बिशेषज्ञ डा. विपिन बिस्टले बताउनुभयो ।

आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका सचिव गणेश पोखरेलले गर्नुभएको थियो । अध्यक्ष गुरुङले मेचि आँखा अस्पताल गुणस्तरीय तथा प्रविधिमैत्री सेवामा सदैब लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

डा. पुरुषोतम जोशीले औचित्माथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले गर्नुभएको थियो ।

कार्यक्रममा आरओपी के हो , यसको उपचार कसरी गर्ने लगायतका बिषयमा डा. जोशी र डा. बिपीनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ४० भन्दा बढी चिकित्सकको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]