बैशाख १४, २०८१ शुक्रबार

Breaking News फोटो काण्डले बिर्तामोडका डिएसपी विराटनगर तानिए

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्कालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ ।


डिएसपी खड्काले अपराधिक घटनामा संलग्न हुँदै आएका बिर्तामोड बस्ने भारतीय युवा हर्क गुरुङलाई आफ्नै कुर्सीका बस्न दिएको तस्वीर सार्वजनिक भएपछि छानविनका लागि उनलाई विराटनगर तानिएको हो ।

स्रोतका अनुसार प्रदेश प्रहरी प्रमुख केदार रिजालको आदेशमा डिएसपी खड्कालाई विराटनगर तानिएको हो । उनको ठाउँमा कसलाई पठाउने भन्ने विषयमा प्रहरीले जानकारी दिएको छंैन । यदि यो प्रकरणमा उनी दोषी देखिए प्रदेश प्रहरीले निलम्बन गरेर प्रदेश प्रहरीले थप कारवाही गर्न सक्ने छ ।


डिएसपी खड्का किरण दर्जीको हिरासतमा भएको मृत्यू देखि नै विवादमा परिरहेका छन् । उनले स्थानीय सेवाग्राहीलाई समेत वेवास्था गर्ने गरेको आरोप छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]