जेष्ठ ५, २०८१ शनिबार

भ्रमण वर्ष २०२० ,किन घुम्ने नेपाल ? ( तस्बिर हेर्नुहोस )

काठमाडौं । मिलेका दाँतका पंक्तिजस्तै सिमानामा विराजमान चाँदिजस्तै सेताम्मे हिमाल, अग्ला, होचा, हरिया पहाडका तरेली, पहाडका लोभलाग्दा चुचुरा र तराईका समथर भूभाग । अहो ! नेपाललाई प्रकृतिले वरदानस्वरुप यी सबै कुरा दिएको छ ।

भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्ष घोषणा गरेर सुरु गरिएको यो महाअभियानमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । यसैबीच तपाई पक्कै आफू र परिवारको साथ यो वर्ष कतै जाँदै हुनुहुन् होला अनि विदेशमा हुने नेपालीहरुले आफ्ना साथीहरुलाई नेपाल घुमाउन ल्याउँदै हुनुहुन्छ होला त्यसो हो भने लोकपथ डटकमले विभिन्न एजेन्सी तथा संस्थाको क्यामेराबाट आएका तस्वीरहरुको संगालो यहाँ प्रस्तुत गरेको छ ।

भ्रमण वर्ष–२०२० सफल पार्न सरकारले आधिकारिक वेबसाइट, फेसबुक, ट्वीटर र इन्स्टाग्राम संचालनमा ल्याएको छ । तपाईले विभिन्न माध्यम प्रयोग गरेर यी समाग्री सेयर गर्दै पर्यटकलाई नेपाल ल्याउन सहयोग गर्न सक्नुहुन्छ ।

के छैन नेपालमा ?

विश्वको सर्वोच्च शिखर सगरमाथा

विश्वको १४ अग्ला हिमश्रृंखला मध्ये ८ वटाको नेपालमै अवस्थित ।

नेपालका ४४ प्रतिशत भूभाग जंगलले ओगटेको छ । २० प्रतिशत भूभाग राष्ट्रिय निकुञ्ज

६० जनजातिको बसोबास रहेको नेपालमा ९२ भाषा बोलिन्छ ।

३ हजारभन्दा बढी मठ मन्दिर, १२ सय बौद्धका मठमन्दिर चैत्य रहेका छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत १० सम्पदाहरु नजिकै दूरीमा अवस्थित छन् ।

८ सय ४८ प्रजातिका चरा जसमा ३ सय १९ प्रजातिका चराहरु अन्य देशबाट बसाई सरेर आउने गर्छन् ।

सुनगाभा, पाँचऔले, चिराईतो, यार्सागुम्बा आदी

लहलह झुलेका धानका बाला, नगदेबाली तथा व्यवसायिक खेती गरिएका प्लट । होमस्टे ।

निख्खर हरियो आकर्षक र मनमोहक चियाबारी

तालतलैया, कुवा, नहर, ईनार ,

मदहोस पार्ने प्राकृतिक सुन्दरता घना जङ्गल

लाखौं जीवजन्तुको बसोबास रहेको आश्रयस्थल

विश्वमा दुर्लभ मानिएका जनावर

धर्मको आफ्नै मुल्य र मान्यता रहेको

हस्तकला का सामाग्री

जीवित भगवान कुमारी

राजधानी काठमाडौं मन्दिरहरुको शहर

कलाले भरिपूर्ण भक्तपुर

आरोग्यदेव पशुपतिनाथ

भगवान राम र सिताको विवाह भएको पुण्यभूमि जानकी मन्दिर ।

हिमाल पारीको देशका रुपमा अवस्थित मुक्तिनाथ मन्दिर ।

चौरीको चाम्रो छुर्पी, घोडसवारी, भगवान गौतम बुद्धको जन्मभूमि लुम्बीनी, नेपालीहरुको न्यानो आतिथ्यता र बोलिचाली, बन्जी, -याफटिङ, ट्रेकिङ्ग, साईक्लिङ, प्याराग्लाईडिङ, बाईकिङ, केबलकार, डुङगा, गल्फ, माउन्टेन फ्लाईट जङगल सफारी जस्ता अलौकिक सुन्दरताले छपक्कै देश नेपाल एकपटक धक फुकाएर घुम्न पर्ने देश हो ।

तस्वीर भ्रमण वर्ष–२०२० को आधिकारिक वेबसाइट र फेसबुकबाट 

Patan
Bardiya
Camp Firing at Mardi
Street Of Bandipur
Nyatapol
Snow in Kuri Village
Lukla Airport
Snow Fall in Daman
Forbidden Kingdom, Mustang
Bouddhanath Stupa
Beautiful Ghandruk Village
Ice Lake Manang
Chitlang
Manasalu Trail
Kulekhani, Markhu
Bhaktapur City
Mardi Himal
Bouddhanath
Kagbeni Mustang
Namche Bazar
Rani Mahal, Palpa
Rukumkot Valley Rukum
Way To Manang
Tilicho Lake
Rara Covered With Snow
Shey Phoksundo Lake
Manang Snow

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  १ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]