बैशाख १७, २०८१ सोमबार

११ दिनपछि घर फर्किइन् विएण्डसीमा दुर्गा प्रसाई कुरिरहेकी क्यान्सर पीडित

बिर्तामोड । भरतपुर –१२ चितवन निवासी एकल महिला निर्मला परियार ११ दिनपछि बिर्तामोड छोडेर घर फर्किएकी छन् । परियार बिएण्डसीका सञ्चालक एवम् राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाऔं अभियानका संयोजक दुर्गा प्रसाईलाई भेट्न चैत १ गते बिर्तामोड आएकी थिइन् ।

क्यान्सर पीडित समेत रहेकी परियार आफ्नो समस्या सुनाउन भरतपुरबाट झापा आएकी हुन् । क्यान्सर रोगको उपचार गरिरहेकी परियार दुवईमा काम गरेको पैसा नपाएको भन्दै प्रसाईलाई समस्या सुनाउन आएकी हुन् । आइतवार विहान बिर्तामोडस्थित मुक्ति चोकमा भेटिएकी उनले दुर्गा प्रसाईलाई भेट गराइदिन भन्दै हारगुहार गरिन् ।

११ दिनदेखि प्रसाईलाई भेटेर समस्या सुनाउने चाहना राखेकी थिइन् । तर, उनी आएको सूचना प्रसाईसम्म पुराउन नसक्दा पर्खाईमै भौतारिनु परेको थियो । हरेक दिन विएण्डसी अस्पतालको परिसरमा पुग्ने उनले दुर्गा प्रसाई देखिनुहुन्छ कि भन्ने आशामा घुमिरहेको बताउछिन् । आइतवार बिर्तामोडको मुक्तिचोकमा सञ्चारकर्मीलाई भेटेर आफ्नो दुख सुनाइन् र भनिन्, ‘मलाई जसरी भए पनि दुर्गा सर भेटाइदिनुहोस् । मेरो समस्या राख्ने व्यवस्था मिलाइदिनु पर्यो ।’

उनले चितवनबाट प्रसाईलाई भेट्न आएको विषय भिडियोमा सार्वजनिक भए लगत्तै मिसन बिर्तामोडका संयोजक माधव झाले पीडित महिलालाई सम्बन्धित ठाउँमा पुराउने भन्दै चासो दिएका थिए । उनले प्रसाईको सचिवालय र छोरा डा. निराजन प्रसाईलाई भेट गराउने जानकारी गराएका थिए ।

अभियानका संयोजक दुर्गा प्रसाई झापामा नभएकाले पीडित महिलाको समस्या डा.निराजन प्रसाईले सुनेका छन् । डा. प्रसाईले पीडित महिलाको समस्या सुनेर तत्कालै समाधानका लागि चितवन कै एक अगुवा युवालाई जिम्मेवारी दिइसकेको जानकारी दिए । उहाँ झापामा बसिरहनु पर्दैन, उनले भने – अब घरमै बसे हुन्छ । केहि दिनमा समस्या समाधान हुनेछ ।

दुवईको एक कम्पनीमा काम गर्दा तलव वापतको पैसा पाउँन बाँकी रहेको भन्दै क्यान्सर पीडित महिलाले उपचारमा सहयोग गर्ने कोही नभएकाले तलव वापतको पैसा उपलब्ध गराइदिन माग गरेकी छन् ।

डा. प्रसाईसहित मिसन बिर्तामोडका संयोजक झा लगायतको समूहले महिलाको समस्या समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेपछि उनी घर आजै घर फर्किएकी हुन् । उनी पैसा अभावले खानबस्न टुङ्गो नभएपछि मेची आँखा अस्पतालको परिसरमा बस्दै आएकी थिइन् । उनलाई घर फर्किन आवश्यक सहयोग सहित गाडिको व्यवस्था मिलाएर चितवन फर्काएको झाले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार  ५ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]