जेष्ठ ५, २०८१ शनिबार

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मेची क्याम्पसका विधार्थीद्वारा ३२ हजार सहयोग

बिर्तामोड । निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई झापाका विधार्थीले आर्थिक सहयोग गरेका छन् । निर्माणस्थल चितवनको रामपुर मै पुगेर झापास्थित मेची बहुमुखी क्याम्पसका विधार्थीले आर्थिक सहयोग गरेको विधार्थी नेता अशोक खतिवडाले जानकारी दिए ।

क्याम्पसमा अध्ययनरत विधार्थीले सामूहिक रुपमा संकलन गरेको सहयोग रकम ३२ हजार २ सय ७५ रुपैंया आज विहान निर्माणस्थलमा हस्तान्तरण गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनका प्रमुख सिताराम कट्टेल ‘धुर्मुस’लाई उक्त रकम हस्तान्तरण गरिएको खतिवडाले जानकारी दिएका छन् ।

विधार्थीको सहयोग प्राप्त भएपछि धुर्मुसले मेची बहुमुखी क्याम्पसका सम्पूर्ण बिद्यार्थीलाई धन्यवाद एवम् आभार ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]