बैशाख २१, २०८१ शुक्रबार

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

बिर्तामोड । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।

नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए । सो फिल्ममा हरिबंश आचार्य, विपिन कार्की, बर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतले अभिनय गरेका छन ।
सो फिल्म बानियाँसहित म्याक्स दीपेश खत्रीसहितको षट्कोण आर्ट्सले निर्माण गरेको हो ।

प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]