बैशाख २४, २०८१ सोमबार

दुर्गापुरमा मनोक्रान्तिका साधक भूतपस्यामा

दुर्गापुर । झापामा मनोक्रान्ति साधक तिलक लिम्बूले शनिवार देखि ७ दिने भू–तपस्या शुरु गरेका छन् । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनको परिसरमा लिम्बूले जमिन मुनी बसेर तपस्या शुरु गरेका हुन् । लिम्बुले शनिबार ३ बजेदेखि चैत्र २३ गते दिउँसो ३ बजेसम्म नीराहार भू–तपस्या गर्ने छन् ।

कमल गाउँपालिका वडा नम्बर ७ का लिम्बू फक्ताङलुङ बिद्यालयमा योग प्रशिक्षकको रुपमा कार्यरत छन् । उनले स्कुलको खुला मैदानमा भू–तपस्या शुरु गरेका हुन् ।

विकाशानन्द फाउण्डेशन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बूले मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जन मानसमा पुर्याउने उद्देश्यले भू–तपस्या सुरु गरेको बताए ।

उनी ९ फिट गहिरो ९ फिट लम्बाई र ९ फिट चौडाइको खाडलमा पुरिएर भू–तपस्यामा बसेका छन् । लिम्बूलाई भू–तपस्या बस्नका लागि विकाशानन्द फाउण्डेशनले सहजीकरण गरिरहेको मनोक्रान्ति प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिए । भू–तपस्वी लिम्बुलाई मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले जुस खुवाए पछि भू–तपस्या सम्पन्न हुने जानकारी दिइएको छ ।

लिम्बूको भू–तपस्या सम्पन्न भएपछि त्यसको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा. विकाशानन्दले विशेष प्रवचन दिने फक्ताङलुङ एजुकेशनका संस्थापक, प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिए । लिम्बुको तपस्यालाई फक्ताङ्लुङ एजुकेशनले सहयोग र सहजीकरण गरिरहेको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]