बैशाख १४, २०८१ शुक्रबार

चौपाय तस्करी नियन्त्रणमा झापा प्रहरी झनै कडा

बिर्तामोड । झापा प्रहरीले दुई दिनमा ३४ थान पशुचौपाय नियन्त्रणमा लिई भन्सार बुझाएको छ । १७ थान गाई र १७ गोरु नियन्त्रणमा लिई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारत तस्करी हुन लागेको चौपाय नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

पुस १५ गते इलाका प्रहरी कार्यालय राजगढले ५ र वडा प्रहरी कार्यालय भद्रपुरले १२ थान गोरु नियन्त्रणमा लिएको थियो । यस्तै, १६ गते इप्रका राजगढ र प्रहरी चौकी कुटीले ४ र प्रहरी चौकी महेशपुरले १७ थान गाई नियन्त्रणमा लिई भन्सार कार्यालय भद्रपुर बुझाइएको प्रहरीले जानकारी दिए ।

भर्खरै झापामा प्रहरी प्रमुख भएर आएका एसपी कृष्ण कोइरालाले चौपाय तस्करी नियन्त्रणमा थप कडाई गर्न थालेका छन् । उनले जिल्लाका सबै प्रहरी यूनिटमा दिएको निर्देशन अनुसार दुई दिनमै ३४ थान चौपाय नियन्त्रणमा लिइएको हो ।

यसअघि एसपी दिनेश मैनालीले झापामा चौपाय तस्करी अन्त्य गर्ने अभियान नै थालेका थिए । उनले शुरु गरेको अभियानमा व्यवसायीले प्रहरीलाई कमजोर बनाउन उच्च अदालतमा रिट नै दर्ता गरेका थिए । रिट प्रहरी विरुद्ध फैसला भएको थियो । प्रहरीले तस्करी नियन्त्रण गरेपनि व्यापारीले प्रहरीलाई व्यापार गर्न नदिएको झुटो आरोप लगाउँदै रिट दर्ता गरेका थिए । चौपाय व्यवसायीलाई तस्करी नभए व्यापार नहुने चिन्ता बढ्दै गएको पाइएको छ ।

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]