बैशाख २३, २०८१ आईतबार

बिर्तामोड नगरपालिकाद्वारा दुई हजार परिवारको निशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिए ।

पहिलो चरणमा हरेक वडाबाट १-१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १-१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा १ हजार परिवारको स्वास्थ्य बीमा गरिएको थियो । नगरपालिकाका अनुसार निशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जोडिने परिवारको संख्या प्रति वडा २-२ सय पुगेको छ ।

अघिल्लो कार्यकालमा ३५ लाख र चालु आर्थिक वर्षमा ३५ लाख गरेर जम्मा ७० लाख बजेट व्यवस्था गरिएको थियो । नगरपालिकाले विपन्न परिवारलाई लक्षित गरेर निशुल्क स्वास्थ्य बीमा गरेको तिम्सिनाले जानकारी दिए हुन् । बीमा गरेका हरेक परिवारले १ लाख बराबरको उपचार सेवा प्राप्त गर्ने छन् । आगामी वर्षहरुमा पनि निशुल्क बीमा गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]