बैशाख २१, २०८१ शुक्रबार

सकारात्मक सोचको विकासमा प्रभाव विषयक अन्तरक्रिया

चकचकी । झापाको बाह्रदशी गाउँ पालिकामा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ बिषयक अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको छ । बाह्र्र्रदशी गाउँपालिकाको आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजना गाउँपालिकाको सभाहलमा सञ्चालित कार्यक्रमको प्रारम्भ गाउँपालिकाका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्यमा भएको थियो ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवाकोटीले सिमित स्रोत तथा साधन अनि जनताका असिमित आशा र अपेक्षालाई जनचाहना अनुसार व्यवस्थापन गर्न कठिन भएको बताउँदै स्रोत र साधनले भ्याएसम्म प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन् ।

स्थानीय नागरिकको सुझाव तथा सकारात्मक आलोचनाले जनप्रतिनिधिलाई पनि काम गर्न उत्प्रेरित गर्ने बताउँदै पालिकामा भएका राम्रा कामप्रति गर्व गर्न र थाँती रहेका काममा सकारात्मक तरिकाले झक्झक्याउन आग्रह गरिन् । पछिल्लो समय वास्तविकतामा भन्दा हल्लामा दौडिने क्रम बढेको भन्दै उपाध्यक्ष शिवाकोटीले चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा अतिथि तथा बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले पालिकाको सेवा प्रवाहका क्रममा केही समस्या वा कमी कमजोरी भए खुलेर आफ्ना कुरा राख्न आग्रह गर्दै कुनै पनि जिज्ञासा र प्रश्नका बारेमा जवाफदेही रहने स्पष्ट पारे ।

गाउँपालिकाका ७ वटै वडाबाट ४० जना बढीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बरिष्ठ पत्रकार लेखक , नेपाली मौलिक खानाको परिकारका खोजकर्ता केदार शर्माले गरिरहेको जोस्ना श्रेष्ठले जानकारी दिइन् । आयोजक संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत संस्थाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले गरेको सञ्जु शिवाकोटीले जानकारी दिइन् । कार्यक्रममा आयोजक संस्थाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

तालिममा सहजकर्ता शर्माले निराशाबीच पनि आफैंले सोचेर हेर्न सक्दा आशा गर्ने ठाउँहरु प्रशस्तै रहेको उल्लेख गर्दै समाजमा भइरहेका विकास निर्माणका चरण, विश्व परिवेशको विकास र वर्तमान परिप्रेक्ष्य, अवसर र समाजको सोचाई, भोगाईका राम्रा नराम्रा पाटो लगायतका परम्परा र विकासको चेत, समाजको विविधता, सोचको विविधताबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]