जेष्ठ ५, २०८१ शनिबार

म कसरी माफिया ?

नेपालका लागि नयाँ इतिहास

बिर्तामोड । क्यान्सरको सबै उपचार गर्ने गरी बिर्तामोडका दुर्गा प्रसाईले अस्पताल सञ्चालनमा ल्याएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारिक उद्घाटन गरेका प्रसाईले नेपालका लागि नयाँ इतिहास कोरेका छन् । अहिलेसम्म नेपालमा स्थापना भइरहेका क्यान्सर अस्पतालमा पुरा उपचार हुन नसकिरहेको बेला उनले बुधबारबाट क्यान्सरको सबै उपचार गरी अस्पतालमा सेवा सुरु गरेका छन् ।

चार अर्वको लगानीमा शुरु गरिएको अस्पतालमा ३ सय शैया हुनेछ । अब नेपालीले क्यान्सरको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य प्रसाईले गरिदिएका छन् । पहिलो चरणको उद्घाटन २०२० को पहिलो दिन गरेका प्रसाईले भव्य उद्घाट आउँदो फागुन १८ गते गर्ने निश्चय भएको छ । स्वास्थ्य सेवामा साहसपूर्ण काम गर्दै आएका प्रसाई चौतर्फी घेरावन्दीका बिचमा पनि उपचार सेवामा बलियो ढंगले प्रस्तुत भएका छन् ।

बिर्तामोडका दुर्गा प्रसाईले यसअघि विएण्डसी अस्पताल स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । गरिव, विपन्नलाई निशुल्क उपचार समेत गरिरहेका उनलाई ‘माफिया’को ट्याग लगाइएको छ । माफियाको ट्याग लागेका प्रसाई अनवरत रुपमा नागरिकको सेवामा लागेका छन् । उनले क्यान्सर अस्पतालको उद्घाटनमा भने, जनताको स्वास्थ्य सेवा गर्दा मलाई माफियाको ट्याग लागेको छ । के म हतियार व्यापारी हो ? भएको सम्पत्ति विक्रि गर्दा संसारकै राम्रो देशमा आलिसान जीवन विताउन सक्ने मान्छे हुँ, प्रसाईले भने – गरिव जनताको उपचार गरेर बस्दा कसरी माफिया भए ? अब शब्दकोषमा माफियाको परिभाषा फेर्नुपर्छ । राम्रो काम गर्नेलाई माफिया भनियोस् ।

प्रसाई आफै क्यान्सर पीडित हुन् । उपचारका लागि दिल्ली जाँदा नेपालीको विजोग अवस्था देखेर क्यान्सर अस्पताल स्थापना गर्ने सोच आएको उनको भनाई छ । मैले आफ्नो समस्या जस्तै सारा नेपालीको समस्या छ भनेर नै यो अस्पताल शुरु गरेको हो, प्रसाई भन्छन् ।

जनताले बैंकमा जम्मा गरेको पैसा मैले कर्जा लिएर यो अस्पताल जनताकै लागि खोलेको हो । अब भन्नुहोस्, के मैले गल्ति गरे ? सेवा गर्छु भन्दा माफिया भइन्छ ? म देशको लागि काम गर्दैछु । देशको लागि काम गर्दा माफिया भइन्छ ?

उनले विएण्डसी र क्यान्सर अस्पतालमा प्रचण्ड, केपी ओली र शेर बहादुर देउवा कसैको पनि लगानी नरहेको समेत स्पष्ट पारेका छन् ।

त्यसैले नेपाल फर्किए

क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.विरेन्द्र यादवले विश्वास नै नगरेको काम दुर्गा प्रसाईले गरेको बताएका छन् । उनी यसअघि दिल्लीमा कार्यरत थिए । उनले नेपालमा जागिर समेत नपाएर दिल्लीमा काम गर्नुपरेको सुनाएका छन् । डा.यादवले भने, मैले गरेको अध्ययन अनुसार नेपालमा काम नै मिलेन । त्यसैले म भारत तिर लागें । मैले सोचेको थिए, मेरो जीवन भारतमै वित्नेछ । तर, दुर्गा सरको भिजन र साहसका कारण नेपाल फर्किए ।

क्यान्सर अस्पताल नेपालमा अन्य ठाउँमा पनि छ । त्यहाँ उपकरण छैन । आधा उपचार नेपालमा गरेर भारत जानुपर्ने बाध्यता थियो । तर, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्नेले बाहिर जानुपर्दैन । अत्याधुनिक प्रविधिका उपकरण यहि छ , डा. यादवले थपे । यादवले आफ्नो सपना समेत पुरा भएको जनाएका छन् । नेपालमा यो स्तरको अस्पताल बनोस् र नेपाल मै काम गर्न पाउँ भन्ने सपना थियो, त्यो पुरा भएको छ । उनका अनुसार भारतमा रहेका क्यान्सर अस्पतालमा उपचार गर्न जाने धेरै नेपाली नै छन् ।

माफिया नरहेको प्रमाणित

अस्पतालका संयोजक प्रा.डा.गेहनाथ बरालले दुर्गा प्रसाई माफिया नभएको बताएका छन् । संगठित अपराध गर्नेहरु माफिया हुन्छन्, प्रसाई त निस्वार्थ स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् – बरालले भने । उनले प्रसाईलाई माफिया भनेर शब्दकै अपब्याख्या गरेको जिकिर गरे । उनले अब क्यान्सरको लागि पूर्वाञ्चन क्यान्सर अस्पतालको विकल्प नरहेको बताएका छन् । प्रा.डा. बराल यहि अस्पतालका कारण आफु झापा फर्किएको जानकारी दिए । उनले प्रसाई माफिया नरहेको प्रमाणित भएपछि आफु यहाँ आएको बताएका छन् ।

झापा गरामनीका २९ वर्षीय पदम मिश्रलाई ठूलो आन्द्राको क्यान्सरमा निःशुल्क रेडियसन थेरापी दिएर उपचार सेवा शुभारम्भ गरिएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा रेडियो थेरापी मेसिन, पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन लगायतका अत्याधुनिक मेसिनबाट सेवा उपलब्ध गराइने भएको छ ।

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]