बैशाख २३, २०८१ आईतबार

बिर्तामोडका एक पुरुषमा कालाजार संक्रमण

बिर्तामोड । झापा बिर्तामोडका १ जना पुरुषमा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षीय पुरुषमा कालाजारको संक्रमण देखिएको हो ।

संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परीक्षण कार्यक्रम अघि बढाएको छ । आज वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन बिरेन्द्र दासले रोगका विषयमा सम्पुर्ण जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारी नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परीक्षणसमेत गरेको छ ।

परीक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । परीक्षणमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्र शेखर कुमार यादवले जानकारी दिनुभयो । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्छ ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]