बैशाख २३, २०८१ आईतबार

२९ औं वर्षमा सहारा, नेपालकै ठुलो सहकारी बन्न सफल

बिर्तामोड । कारोवार र सदस्य संख्यामा नेपालकै ठुलो सहकारी सहारा नेपाल साकोस २९ औं बसन्त प्रवेश गरेको छ । पछिल्लो सार्वजनिक एक तथ्याङकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दावी गरिएको छ ।

झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले आज बिर्तामोडमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको छ ।

‘मेरो गौरव, मेरो सहारा, सधैंका लागि सबैका लागि’ नारा रहेको सहारा नेपालले आज जीवन बदल्ने कार्यक्रमको आयोजना गरेको छ । डा. योगी विकाशानन्दले प्रवचन दिने कार्यक्रममा सहकारीकर्मी र इच्छुकहरुलाई निमन्त्रण गरिएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

१ लाख ६९ हजार १ सय ९२ जना सदस्य रहेको सहाराले ८१ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । १ अर्व ६८ करोड ११ लाख ५६ हजार ७ सय शेयर पुँजी रहेको सहाराको जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४ सय ३० रुपैयाँ पुगेको छ ।

१० अर्व ८१ करोड ६८ लाख ९४ हजार ९ सय १२ रुपैयाँ ऋण लगानी गरेको सहारा सकोसको बाह्य ऋण शून्य रहेको छ । संस्थामा १२ अर्व १२ करोड रुपैया ँबचत रहेको बताइएको छ । १६ अर्व ६ करोड ४३ लाख बासलात रहेको सहारा सामाजिक क्षेत्रमा सहकारीहरुमध्येकै क्रियाशिल संस्थाको रुपमा परिचित छ । जिल्लामा आइपर्ने विपदमा सहारा अग्रणी रुपमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

गरिवी न्यूनिकरण र उद्यमशिलतासँगै रोजगार सिर्जनामा काम गर्दै आएको संस्थाले स्वास्थ्य, शिक्षा क्षेत्रमा योगदान गरिरहेको छ ।

प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]