बैशाख २०, २०८१ बिहीबार

बाह्रदशी पुलको पुनः निर्माण जारी

शनिश्चरे । अर्जुनधारा नगरपालिका ७ र ८ को सिमानामा पर्ने बाह्रदशी पुल पुनः निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम जाने मार्ग अवस्थित पुरानो पुल जिर्ण अवस्थामा रहेकोले अर्जुनधारा नगरपालिकाको लगानीमा पुलको पुन : निर्माण गरिएको हो ।

कन्ट्रक्सन अफ कल्भर्ट अन मिलडाँडा वडा नं. ४ एण्ड बाह्रदशी रिभर वडा नं. ७ आयोजना अन्तर्गत अर्जुनाधारा नगरपालिका ४ स्थित बस बिल्डर्स प्रा.लि. कम्पनीले गत माघ २६ गते ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का नम्बर एम/एनसीबी/वर्कस् १०/०८०/०८१ अनुसार भ्याट सहित ४३ लाख ८६ हजार ६ सय ६६ रुपैयाँ २६ पैसा लागतमा निर्माण गरिने पुलको उचाइ ७ फिट , माथि लम्बाई ७ मिटर, पानी बग्ने ठाउँ ६ मिटर र चौडाई ११ मिटर रहेको बस बिल्डर्स प्रा लिका संचालक तथा प्राविधिक उद्वव कुँवरले जानकारी दिए । उनका अनुसार यातायात, सवारीसाधनहरु सहज आवातजावत हुने ११ मिटर चौडाईलाई ५.५/५.५ भाग डिभाइड गरेर रेखांकन गरिनेछ । पुल आगामी ०८१ साल असार १५ गते सम्ममा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको बताइएको छ ।

प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]