बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडमा नयाँ डिएसपी

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी मोहन कुमार थापा आउने भएका छन् । यहाँ कार्यरत डिएसपी सुवास खड्का विवादमा तानिए पछि इप्रका प्रमुखको रुपमा थापा आउने प्रहरी प्रधान कार्यलय स्रोतले जनाएको छ ।


नयाँ प्रहरी प्रमुख थापा एक हप्तापछि बिर्तामोड आउने छन् । काठमाडौ प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत थापा नेपाल प्रहरी भित्रका बौद्धिक एवम् व्यवसायिक प्रहरीका रुपमा परिचित छन् । कानुनमा दख्खल राख्ने डिएसपी थापा काजमा आउन लागेका हुन् ।


डिएसपी खड्काको कुर्सीमा विवादित व्यक्ति बसेर आफु डिएसपी भन्दै फोटो पोष्ट गरेको सार्वजनिक भएपछि उनलाई यहाँबाट सरुवा गरिएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]