जेष्ठ ५, २०८१ शनिबार

‘एड्भान्स तालिमपछि व्यवसायिक रुपमा ब्याग उत्पादन गर्ने सोच छ’

रेजिना खरेल
बिर्तामोड २, बेलडाँगी
अघिल्लो वर्ष रेजिना खरेलले बिर्तामोड नगरपालिकाबाट ८ दिने उद्यमशिलता विकास तालिम लिनुभयो । उक्त तालिममा उहाँले ब्याग बनाउने तालिम रोज्नुभयो । त्यसै वर्ष व्याग बनाउन ४५ दिनको तालिम लिनुभयो । तालिमपछि नगरपालिकाले ब्याग उत्पादनका लागि साझेदारीमा मेसिन नै उपलब्ध गराएको थियो ।

तालिमबाट ब्याग बनाउन सिकेर उहाँ घरमै काम गरिरहनु भएको छ । बिर्तामोड नगरपालिका २ बेलडाँगी निवासी खरेल अहिले लघुउद्यम विकास शाखाले चारपानेमा सञ्चालन गरिरहेको १ महिने ब्याग बनाउने एड्भान्स तालिममा सहभागी भई तालिम लिइरहनु भएको छ । एक वर्ष अघि सिकेको सीपले घरमै काम गरिरहेको बताउँने उहाँ अब एड्भान्स तालिम सकेर व्यवसाय नै सुरु गर्ने सोचमा हुनुहुन्छ । सटरमै व्यवसाय गरेर अघि बढ्ने योजना उहाँको छ ।

आधारभूत तालिम सिकेर खरेलले होलसेलबाट सामान लगेर अर्डर अनुसारको ब्याग उत्पादन थालिसक्नु भएको छ । अर्डर अनुसार ब्याग उत्पादन गरिरहेको छु, उहाँले भन्नुभयो । उहाँको उत्पादन बजारमा विक्री नै हुन थालिसकेको छ । अब, विट पनि हाल्न सिकेर सबै प्रकारका ब्याग उत्पादन गर्न सक्षम हुने योजना छ ।

ब्याग उत्पादनबाट सन्तोषजनक आम्दानी भइरहेको उहाँको भनाई छ । घरमा सामान्य खर्चहरु ब्याग विक्रीबाटै आएको रकमले धान्न सकिने उहाँले बताउनु भयो । खरेलले तालिम दिने नगरपालिकालाई अझै ६ महिनाको तालिम दिएर सबै प्रकारका ब्याग बनाउन सक्षम बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

विगतमा तालिम लिएर व्यवसाय गरिरहनु भएका प्रशिक्षार्थीहरुलाई लक्षित गरेर १ महिने एड्भान्स तालिम सञ्चालन गरिहरेको सहजकर्ता चनिमाया तामाङको भनाई छ । लघुउद्यम कार्यक्रम अन्तर्गत अन्तरजिल्ला भ्रमण समेत गराइएको थियो ।
बिर्तामोड सेरोफेरोबाट

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]