बैशाख २५, २०८१ मंगलबार

सिद्धबाबा रिहाइको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौं । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे जिल्ला अदालतले गरेको निर्णयका विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

बलात्कार गरेको अभियोग पक्राउ परेका सिद्धबाबालाई गत सोमबार सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको  थियो। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सो आदेश त्रुटीपूर्ण भएको ठहर गर्दै त्यसको बदरको माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको हो ।  जसमा जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबालाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग गरिएको छ ।

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]