जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडको लघुउद्यम कार्यक्रम : कोशेली र गृहिणी अचार बजारमा

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले सीप सिकाएका महिलाहरुले दुई वटा ब्राण्डमा अचार उत्पादन गरिरहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ९ मा कोशेली अचार र वडा नं. ४ मा गृहिणी अचार उत्पादन भइरहेको उद्यम विकास सहजकर्ता कल्पना शिवाकोटीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष र त्यसभन्दा अघिल्लो वर्षमा अचारको तालिम दिइएको थियो । वडामा महिलाहरुको समूह गठन गरेर ८ दिने उद्यमशिलता तालिम सञ्चालन गरिएको थियो ।

सोही अनुसार अचार बनाउने तालिम छनौट गरेर दुई साताको तालिम सञ्चालन गरिएको थियो । त्यस तालिम लिएका महिलाहरुले उत्पादन गरेको अचार यतिवेला बिर्तामोडको डिमार्टमेन्टसहित अन्य पसलहरुमा समेत उपलब्ध भइरहेको छ । तालिमअघि खेह्र गइरहेको स्थानीय कच्चापदार्थ पनि महिलाहरुले अचार बनाएर बजारमा पुराइरहेका छन् । बजारमा अचार विक्री सुरु भएपछि महिलाहरुको आर्थिक जीवनमा पनि उन्नति भएको शिवाकोटीको भनाई छ ।

यस्तै, धुपको तालिम लिएका प्रशिक्षार्थीहरुले पनि बाटेको धुप बजारमा विक्री गर्न थालेका छन् । गाउँमा तालिम लिएका मध्ये १० जनाभन्दा बढी व्यवसायिक रुपमै उत्पादन गरिरहेको सहजकर्ता शिवाकोटीले जानकारी दिनुभयो ।

यस्तै, उक्त कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिन समेत दिने गरिएको छ । यो वर्ष पनि तालिम सञ्चालन भइरहेको छ । बाख्रा पालना तालिममा दाना बनाउने, खुवाउने र घरेलु उपचारसम्मको सीप सिकाउने गरिएको छ । पाख्रा पालन सम्बन्धी तालिम लिएका महिलाहरुले शत प्रतिशत नतिजा ल्याएको शाखाले जनाएको छ । – बिर्तामोड सेरोफेरोबाट

प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]