बैशाख २०, २०८१ बिहीबार

किराया अर्जुनधाराको साधारणसभामा सम्मान

शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगरसमितिको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । यायोक्खाद्वारा अर्जुनधारा नगरपालिका – ९ स्थित यलम्बर भवनमा आइतबार आयोजित साधारणसभाले सदस्यता खारेज सम्बन्धी, नवीकरण, आर्थिक जस्ता विविध प्रस्तावहरु पारित गर्दै सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा किराँत राई यायोक्खा झापा जिल्ला कार्य समितिका सहसचिव चिजा राईले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा यायोक्खा अर्जुनधारा नगर समितिका अध्यक्ष बिजय साम्पाङ राईले संस्थाको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव सिंह बहादुर चाम्लिङ राईले आर्थिक बर्ष ०८०-०८१ को आय –व्यय प्रस्तुत गरेका थिए ।

बेग्लाबेग्लै शिर्षक रहेको प्रतिवेदन प्रस्तुत क्रममा किराँत राई यायोक्खा बचत कल्याण कोषका नगर संयोजक भूपा थुलङ राईले कोषको आम्दानी र खर्च विवरण प्रस्तुत गरिन् । त्यस्तै संस्थाका सल्लाहकार सदस्य क्याप्टेन शिवकुमार राईले अक्षयकोषको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा यायोक्खा नगर समितिले संस्थाको उन्नतिका लागि सहयोग पु¥याउने क्याप्टेन मानबहादुर राईलाई सम्मान पत्रसहित नेपाली ढाका टोपी लगाई सम्मान गरिएको थियो । क्याप्टेन राई संस्थापक अध्यक्ष समेत हुन् ।

त्यसैगरी किराँत राई यायोक्खा नगरसमितिको भवन निर्माणका लागि सहयोग गर्ने दाताहरु ड्रकसिंह बान्तवा राई, मीना राई ,मानबहादुर राई, सिद्धिमान बान्तवा राई, हिमालध्वज साम्पाङ राई,लोकबहादुर पुमा राई,अर्जुन साम्पाङ राई, ,कृतिमान साम्पाङ राई , इन्द्रबहादुर राई र ललिता बान्तवा राईलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । त्यसैबीच ड्रकसिंह बान्तवा राईबाट १ लाख ६ हजार ,मीना राईबाट ११ हजार १ सय १५ ,डम्बर बान्तवा राईबाट १० हजार ५ सय र ललिता राईबाट ( हाल यूके ) ६६ हजार ३ सय रुपैयाँ नगद भवन निर्माणका लागि सहयोग प्राप्त भएको सचिव सिंह बहादुर चाम्लिङ राईले जानकारी दिए ।

उनका अनुसार साधारणसभाले संस्थाको विधान र आचारसंहिता पालना नगर्ने १२ जना सदस्यलाई विधान बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ । अध्यक्ष साम्पाङ राईको सभापतित्व र सचिव चाम्लिङ राईको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि चिजा ,नेपाल आदिवासी ,जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्का कार्यवाहक अध्यक्ष सिर्जलाल चौधरी , अर्जुनधारा नगरपालिका वोर्ड सदस्य नरेन्द्र राई, सम्मानित तर्फबाट क्याप्टेन मानबहादुर राई, सल्लाहकार सदस्यद्वय कुसुम राई र भोजबहादुर बान्तवा राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]