सिँचाईले कृषिमा परिर्वतन ल्यायो
अनु मोते चाहार
कृषि अधिकृत छैठौं, बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिकाको कृषि क्षेत्रमा व्यापक परिवर्तन आएको छ । कृषिमा परिवर्तन ल्याउने धेरै आधारहरुमध्ये एउटा सिँचाई हो । सिँचाई समस्याले जमिन बाँझो राख्न किसान बाध्य हुनुहुन्थ्यो । अहिले सिँचाईको ठुलो समस्या हल भएको छ । सिँचाई सुविधाका कारण किसान कृषि पेशामा आकर्षित हुन थाल्नु भएको छ । व्यवसायिक रुपमा कृषि रोज्ने किसानहरुको संख्या बढ्दो क्रममा छ ।
सिँचाईको माग धेरै छ । तर, चालु आर्थिक वर्षमा सिँचाईको कार्यक्रम छैन । जग्गा वर्गीकरण हुँदा धेरै भूभाग आवासमा परेका कारण सिँचाईको कार्यक्रम यो वर्ष सञ्चालनमा छैन । अघिल्लो वर्षहरुमा सञ्चालित सिँचाई कार्यक्रमबाट ठुलो उपलब्धी हासिल गर्न सफल भएका छौं । – बिर्तामोड सेरोफेरोको अंश
अन्य सामग्रीहरु हेर्नुहोस्
‘कृषि बजार व्यवस्थापनमा केन्द्रीत छौं’