बैशाख २२, २०८१ शनिबार

‘कृषि बजार व्यवस्थापनमा केन्द्रीत छौं’

संगिता शिवा
संयोजक – आर्थिक विकास समिति, बिर्तामोड नगरपालिका

विगतमा व्यवसायिक रुपमा खेती नगर्ने बिर्तामोडका किसानहरु अहिले व्यवसायिक रुपमा खेती गरिरहनु भएको छ ।

यहाँका किसान व्यवसायिक रुपमा तरकारी उत्पादनमा लगभग सफल भइसक्नु भएको छ । अब, हाम्रो ध्यान भनेको बजार व्यवस्थापनमा केन्द्रीत छ । तरकारी उत्पादनमा सफल भइसकेका छौं, अब बजारिकरणमा सफल हुनुपर्नेछ । त्यसका लागि आवश्यक तयारी गर्ने काम भइरहेको छ ।

परम्परागत कृषि प्रणाली अपनाउने किसानलाई आधुनिक खेती प्रणालीमा ल्याउन आवश्यक छ । त्यसका लागि सीप सिकाई र यान्त्रिकरणमा जोड दिनुपर्छ । नगरको मुख्य ध्यान भनेको व्यवसायिक तरकारी खेती थियो । विषादीरहित तरकारी उत्पादनको लक्ष्य पनि सफलता उन्मूख छ । अब, तरकारी मात्र होइन, किसानलाई अन्य कृषि बालीमा जोढ्दै लैजाने कार्यक्रम निर्माणको सोचमा छौं ।

यसअघि प्रकाशित सामग्रीहरु हेर्नुहोस् :

‘बिर्तामोड कृषिमा उत्कृष्ट बन्नेछ’

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  ११ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]