बैशाख २२, २०८१ शनिबार

बिर्तामोडमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा

बिर्तामोड । झापाको बिर्तामोड–५ मा नयाँ बसपार्क प्रवेशद्वारमा ३ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा आएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट नयाँ बसपार्क प्रवेश गर्ने मार्गमा रहेको होटलको नयाँ बर्ष २०८१ को अवसर पारेर आज उद्घाटन गरिएको हो ।

बिर्तामोड नगरपालिकाको प्रमुख पवित्रा महत्तरा प्रसाईले होटलको उद्घाटन गर्नुभएको छ ।
होटलका प्रोपाईटर नरेश श्रेष्ठले होटल ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जानकारी दिनुभयो । रेस्टुरेन्ट बार र थकाली रेस्टुरेन्टको समेत व्यवस्था रहेको होटलमा १५ वटा सुविधासम्पन्न कोठा रहेको श्रेष्ठले बताउनुभयो ।

उहाँले होटलमा १७ जनालाई रोजगारी समेत दिएको जानकारी दिनुभयो । संचालक श्रेष्ठले होटल स्थापनाको अवसरमा बैशाख ९ गते सम्मका लागि विशेष छुटको व्यवस्था गरिएको बताउनुभयो । प्रोपाईटर श्रेष्ठका आमा भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महत्तरा, बिर्तामोड–६ का वडा अध्यक्ष सुर्य कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, विर्तामोड उधोग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गराखेका थिए ।

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]