बैशाख १७, २०८१ सोमबार

करोड पुगेको घोषणासँगै सहारा पत्रकार उपचार कोषका दातालाई सम्मान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले सहारा पत्रकार उपचार कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । १ करोड रुपैयाँ पुगेको घोषणासँगै आज दाताहरुलाई सम्मान गरिएको हो ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले दाताहरुलाई सम्मान पत्रसहित सम्मान गरेका हुन् । पत्रकार महासंघले स्थापना गरेको उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरिएको छ । सहारा नेपाल साकोसले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् ।

कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ । त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरुले कोषबाट लाभान्वित भइसकेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार , कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मत कुमार कार्की र उद्धव थापा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]