बैशाख २०, २०८१ बिहीबार

मोडलिङमा बबिता

झापा, ७ बैशाख – बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकै कारण एकपछि अर्को सफलता हात पार्दै आएकी छिन् ।

राम्रो नृत्य गर्ने भएकै कारण उनलाई यस क्षेत्रमा चिनाउन हुन समय लागेन । स्कुल पढ्दा देखिनै अध्यनसंगै नृत्यमा अव्वल बबिता अहिले देश विदेशका विभिन्न सांगीतिक कार्यक्रम तथा शो हरुमा सहभागी हुँदै आएकी छन् ।

सानेदेखि नृत्यमा रुचिभएकी बबिताका बुवाआमाले पनि छोरी कलाकार भएको हेर्न चाहान्थे । बुवा कृष्णबहादुर पोख्रेल र आमा साबित्रा पोख्रेल र आफ्नो सपना पुरा गर्न राजधानी काठमाडौ छिरेकी बबिता पढाईसंगै कला क्षेत्रमा अव्वल छिन् । २०५८ साल चैत्र २ गते जन्मिएकी उनी क्षमतावान मोडल तथा कलाकार हुन् ।

दुई वर्ष अघि गायक तिलक बस्नेत, गायिका एलिना चौहान र पुनम मोतेको ुह्याप्पी क्रिसमसु बाट म्युजिक भिडियोमा डेव्यु गरेकी बबिताले हालसम्ममा ुकतिराम्रो रामेछापको सिनु, ुसानु तिमीलाईु, ुमनको चाहानाु, ुचौका दाउुलगायत दर्जनौ म्युजिक भिडियोमा अभिनय गरीसकेकि छिन् । उनीसंग हिन्दी चलचित्र ुरंगी बिरंगीु लगायतमा काम गरिसकेको मिठो अनुभव पनि छ ।

कलाकारिताको क्षेत्रमा मेहनतकासाथ अघि बढीरहेको बबिताको भनाई छ । उनी अहिले काठमाडौंको क्याम्ब्रिज ईन्टरनेश्नल कलेजमा व्याचलर तहमा अध्ययन गर्दैपनि छिन् । मोडल तथा कलाकार बबिताले पछिल्लो समय पढाईसंगै विभिन्न भिडियोमा व्यस्त रहेको जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]