बैशाख २२, २०८१ शनिबार

गुडिया बनाउन दक्ष भए महिला, उद्यमी बनाउन सहजीकरण गर्ने

बिर्तामोड । गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।

गत चैत्र १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गर्नुभयो । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघुउद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाले सीपमुलक तालिम प्रदान गरेका महिलाहरुको लागि लागत सहभागितामा आवश्यक मेशिनसमेत उपलव्ध गराउँदै आएको छ ।

तालिम समापन कार्यक्रममा वडा सचिब टिका अधिकारी, वडा सदस्य कमला महरा दर्जी , निवर्तमान वडा सदस्य प्रेम खरेलको पनि उपस्थिति रहेको थियो ।

सहभागीहरुले तालिम उपलव्धीमुलक बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेको सीपलाई सदुपयोग गर्नको लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सहजकर्ता चनिमाया तामाङले तालिम प्राप्तहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहजीकरण गर्ने बताउनु भयो । त्यसको लागि सबैजना सक्रिय रुपमा अघि बढ्न सबैलाई आग्रह गर्नु भयो । तालिममा मेनुका चाम्लिङले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : बैशाख ९, २०८१ आईतबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]