बैशाख २१, २०८१ शुक्रबार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बिर्तामोड । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३८ हजार ६५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : बैशाख १०, २०८१ सोमबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]