चैत्र १५, २०८० बिहीबार

विधार्थी नेता ताम्लीको केन्द्रीय राजनीतिमा प्रवेश, को हुन् उनी ?

बिर्तामोड । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधार्थी संगठन अनेरास्ववियूको एकता टुङ्गिएको छ । देशभरबाट ३ सय ३५ केन्द्रीय सदस्यलाई जिम्मेवारी प्रदान गर्दै एकता सम्पन्न गरिएको हो ।

यसअघि संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रन्जित तामाङ चयन भइसकेका थिए । शुक्रवार सम्पन्न एकता प्रक्रियाबाट साविक अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी झापाका अध्यक्ष मनोज ताम्लीलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । उनी अनेरास्ववियुको राजनीतिमा एक दशकदेखि क्रियाशिल थिए । झापाबाट केन्द्रीय सदस्य हुनेमध्ये ताम्ली नयाँ हुन् ।

अनेरास्ववियुको मेची क्याम्पस कमिटी सदस्यबाट विधार्थी राजनीति शुरु गरेका ताम्ली पूर्वी नेपालको विधार्थी आन्दोलनमा सशक्त भूमिका राख्दै आएका छन् । राजनीतिशास्त्रमा स्नातोकोत्तर गरिरहेका ताम्ली तत्कालिन अनेरास्ववियु झापा क्षेत्र नं. ४ को क्षेत्रीय कमिटी सचिव, त्यहि क्षेत्रको अध्यक्ष हुँदै जिल्लाको भुगोल कमिटीमा सहसचिवको जिम्मेवारी पुरा गरिसकेका छन् । पार्टी एकता हुनुअघि तत्कालिन एमालेको विधार्थी संगठन अनेरास्ववियुको क्याम्पस जिल्ला कमिटी अध्यक्ष बनेका उनी एकतापछिको विधार्थी संगठनबाट केन्द्रीय सदस्य बनेका हुन् ।

०७३ फागुनमा भएको स्वतन्त्र विधार्थी यूनियनमा मेची क्याम्पस भद्रपुरमा अध्यक्षको उम्मेद्वार बनेका ताम्ली निरन्तर विधार्थी आन्दोलनमा क्रियाशिल छन् । जिल्लाकै महत्व बोकेको मेची क्याम्पसमा उनको उम्मेद्वारीलाई महत्वका साथ हेरिएको थियो । सोहि निर्वाचनको एक कार्यक्रममा वर्तमान पर्यटन मन्त्री योगेश भट्टराईले उनलाई भावी केपी ओलीको रुपमा चित्रण गरेका थिए ।

विधार्थी आन्दोलनसँगै युवाको मुद्धामा पछिल्लो समय सशक्त आवाज उठाइरहेका केन्द्रीय सदस्य ताम्ली बौद्धिक विधार्थी नेताका रुपमा चिनिन्छन् । झापा जिल्लाको पार्टी राजनीतमा प्रभाव पार्ने उनी आफ्नै पार्टी नेताको खराव प्रबृत्ति बारे खुलेरै आलोचना समेत गर्दै आएका छन् । विधार्थी आन्दोलनका नाममा लाखौं रुपैयाँ चन्दा उठाउनेका विरुद्धमा उभिएका ताम्ली चन्दाको भरमा राजनीतिक नगर्ने समूहमा पर्छन् ।

झापा गाउँपालिका – ६ शरणामती घर भएका ताम्ली जिल्लाको केन्द्रभाग विर्तामोडलाई आधार बनाएर आन्दोलनमा सक्रिय छन् । विधार्थी राजनीतिमा लागेका आम विधार्थी र कार्यकर्ताको कुशल संरक्षण गर्न सक्षम उनी निडर, वैचारिक र प्रखर वक्ताको रुपमा परिचित छन् ।

प्रकाशित मिति : पुष १९, २०७६ शनिबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]