जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडका मेयर–वडाध्यक्षको सधैं किन पर्छ जुहारी ?

गल्ती लुकाउन भ्रम छरेको मेयरको दावी

बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटी र वडा नं. ४ का वडाध्यक्ष कुल प्रसाद संग्रौलाको हरेक कार्यक्रमका भाषणमा जुहारी चल्ने गरेको छ । उनीहरु विचको समस्या दिनहु जटिल बन्दै गएको छ ।

Sangraula

शनिवार शिवनगर टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा पनि औला ठड्याउने कामसम्म भयो । न्यानो कपडा वितरण कार्यक्रममा वडाध्यक्ष संग्रौलाले राजनीतिक कुरा गर्दै नगरपालिकाले आफ्नो वडालाई विभेद् गरेको सुनाए । उनले ज्येष्ठ नागरिकको कार्यक्रममा नगरपिताले वडा नं. ४ लाई बजेट नै नदिएको भन्दै विकासमा अवरोध भइरहेको आरोप लगाए । उनले प्रमुख अतिथी मेयरलाई विभिन्न आक्षेप लगाउँदै अन्य वडालाई बजेट दिए पनि ४ नं. लाई अझै नदिएको सुनाए ।

हरेक कार्यक्रममा वडाध्यक्ष र मेयरको जुहारी जल्ने गरेको जनप्रतिनिधि सुनाउछन् । यतिसम्म कि उनीहरु बिच बोलचाल समेत बन्द छ , एक वडा सदस्यले भने ।

शनिवारको कार्यक्रममा सोहि टोलमा निर्माण हुन लागेको बक्स कल्भर्टका सन्दर्भमा वडाध्यक्ष संग्रौलाले कुरा उठाए । उनले पुल बनाउनु पर्ने ठाउँमा कल्भर्ट ठेक्का लागेको बताउँदै आफु स्पष्ट नभएको बताएका थिए । यस्तै वडाध्यक्षले ६०÷४० को अवधारणा गलत भएको टिप्पणी गरे । उनले सबै ठाउँ ४० प्रतिशत लागत सहभागिता संभव नभएको बताए । त्यस्तै नगर योजनाको बजेट नपाएको र विकासमा समस्या भएको वडाका नागरिकलाई जानकारी गराए । इजलाससँग कुरा गर्दै वडाध्यक्ष संग्रौलाले आफ्नोको दुखसास्तीका बारेमा जानकारी मात्र गराएको बताएका छन् ।

उनले बोलीसकेपछि मेयर शिवाकोटीले हरेक कार्यक्रममा राजनीतिक भ्रम नछर्न वडाध्यक्ष संग्रौलालाई आग्रह गरे । वडाध्यक्षले उठाएका कुरा स्पष्ट पार्नुपर्ने भन्दै बोल्न थालेपछि वडाध्यक्ष जंगिए । वडाध्यक्ष जंगिएपछि मेयरले वडाध्यक्षको मर्यादामा बस्न निर्देशन दिए । वडाध्यक्षले पनि मेयरको मर्यादामा बस्न भनिहाले । एकैछिन जुहारी चलेपछि फेरि मेयरले आफ्ना कुरा अघि बढाए ।

पुल कि कल्भर्ट भन्ने जिज्ञासामा मेयरले भने, वडाध्यक्षलाई आफ्नो वडामा के बन्दैछ भन्ने समेत थाहा नहुने भन्दै जवाफ दिए । मैले वडाध्यक्षको कुरा बुझ्न सकिन, मेयरले थपे । यस्तै ६०÷४० को लागत सहभागिताको सन्दर्भमा मेयरले आफुभन्दा माथि कार्यपालिका रहेको जानकारी गराए । उनले भने, वडाध्यक्ष ज्यू नै कार्यपालिका बैठकमा बसेर निर्णय गरेको हो । मैले कार्यान्वयन मात्र गर्ने हो । उहाँले यहाँ यसरी भ्रम छर्न मिल्दैन ।

यस्तै, नगर योजना मार्फत बजेट नपाउनुको कारण वडाध्यक्ष नै भएको मेयरले दावी गरेका छन् । वडाध्यक्षले नगर योजनामा बजेट माग नगरेको मेयरले जानकारी दिए । माग गर्दा शिर्षक मात्र पठाउनु भयो, बजेट कति भन्ने आएको छैन – मेयर शिवाकोटीले भने, विकास योजनामा बजेट आफै नमाग्ने, अहिले बजेट पाइएन भन्दै गाउँगाउँमा भ्रम छर्ने ? यो बन्द गर्नुस् ।

नगरका प्रवक्ता अग्नि पाण्डेले यसबारे वडाध्यक्ष संग्रौलाको कमजोरी भएको स्पष्ट पारेका छन् । उनका अनुसार वडाध्यक्षले बजेट नै नखुलाएका कारण समस्या भएको हो । शिर्षक पठाएर के आधारमा बजेट दिने, प्रवक्ता पाण्डेले भने – यो वडाध्यक्षको फटाईं हो, उहाँ नागरिकको विचमा आफ्नो कमजोरी लुकाउन भ्रम छर्दै हुनुहुन्छ । उहाँले दिएको कपि अझै सुरक्षित छ , नागरिकले हेरे हुन्छ । अनुमानित बजेट समेत आएन ।

स्टमेट भएर आएको कार्यक्रममा कार्यपालिकाले प्राथमिकताको आधारमा छनोट गरेर बजेटको व्यवस्था गर्ने जानकारी दिए । यस्तै वडा नं. ४ का वडा सदस्य राहुल शर्माले वडाको कमजोरीले पनि बजेट नपाएको प्रतिक्रिया दिएका छन् । उनले अनुमानित बजेट नपठाएको स्वीकार गरे । नगर योजनाका लागि शिर्षक मात्र पठाएको बताएका छन् ।

प्रकाशित मिति : पुष २०, २०७६ आईतबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]