बैशाख २३, २०८१ आईतबार

हात्तीपाईले रोग निवारण सम्बन्धी अभिमुखीकरण

शनिश्चरे । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान २०८१ अन्तर्गत टोल स्तरीय अभिमुखीकरण गोष्ठी बिन्ध्याबासिनी २ नं. टोलमा मंगलबार सम्पन्न भएको छ ।

अर्जुनधारा स्वास्थ्य चौकीको आयोजनामा २ नम्बर टोलस्थित अर्जुनधारा नगरपालिका –४ वडा कार्यालय भवनमा सम्पन्न भएको हो । वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर कटुवालको सभापतित्व रहेको कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख दुर्गाप्रसाद भट्टराईले सहजीकरण गरेका थिए । उनका अनुसार हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान यही वैशाख १६ गतेदेखि २४ गतेसम्म नगरपालिकाको ११ वटै वडाहरुमा तालिम प्राप्त जनस्वास्थ्यकर्मीहरुद्वारा रोग विरुद्धको औषधि खुवाईने व्यहोरा सम्पूर्ण नगरबासीहरुमा जानकारी गराइएको छ ।

उक्त औषधि आफूले सेवन गरी आफ्नो परिवारलाई समेत सेवन गराई जनस्वास्थ्य समस्याको रुपमा रहेको हात्तीपाईले रोगबाट हुने अपाङ्गताबाट बच्न र बचाउनका लागि नगरबासीहरुमा अनुरोध गरिएको छ । हात्तीपाईले रोगका लक्षणहरुका बारे, दुई बर्ष मुनिका बालबालिकाहरु, गर्भवती महिला तथा सात दिनभित्रका सुत्केरीहरु, ओछ्यान लागेका सिकिस्त बिरामीहरु बाहेक सबैले यस रोगबाट उत्पन्न हुने समस्याबाट छुट्कारा पाउन अनिवार्य रुपमा औषधि सेवन गर्न सकिने जानकारी गराइएको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका –४ का वडा सदस्यहरु कोपिला थापा, सीतादेवी विश्वकर्मा, स्थानीय अर्जुनधारा माध्यमिक बिद्यालयका शिक्षिका गंगा खतिवडा लगायत ३० जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]