बैशाख २४, २०८१ सोमबार

अर्जुनधारामा महिनावारी सम्बन्धी अभिमुखिकरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रले स्वास्थ्य सम्बन्धी महिनावारी सुक्ने अवस्थाका महिलाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीवार प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका – १० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सिकाई केन्द्रद्वारा स्थानीय पञ्चकन्या मन्दिरको श्रवण हलमा आयोजित कार्यक्रममा केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारिन् । कार्यक्रमका प्रशिक्षक कोशी प्रदेशका रोष्टर ट्रेनर अरुणा चौधरीले सहजीकरण गरेकी थिइन् ।

केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको सभापतित्व र परिचालिका मञ्जु दाहालको संचालन रहेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, पञ्चकन्या मन्दिर समितिका अध्यक्ष कणीखर ढुङ्गेल, समाजसेवी टंक बराल लगायत मन्तव्य राखेका थिए । सो कार्यक्रममा नगर क्षेत्रका ४५ जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]