जेष्ठ १, २०८१ मंगलबार

बिर्तामोडको जीतमा आषिशको ह्याट्रिक

बुुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको दोस्रो दिनको खेलमा नर्थ बंगाल फुुटबल क्लब भारतलाई ३-१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आषिश चापागाईँले ह्याट्रिक गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोड युुनाइटेडले अग्रता लियो । मैदानको मध्यभागबाट बिर्तामोडका डिफेन्डर देबेन्द्र तामाङले गरेको फ्रि किकलाई हेडमार्फत अभिषेक गुरुङले नर्थ बंगालको पोष्टमा प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक राकेश सिंहको हातबाट फुत्किएको मौका पारी बिर्तामोडका छरिता स्ट्राइकर आषिश चापागाईँले गोल गरे ।

बिर्तामोडको अग्रता धेरै बेर टिकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नर्थ बंगालले बराबरी गोल गरेको थियो । मोहम्मद राहुलको क्रस पासमा डि बक्समा अनमार्क रहेका हेमराज भुजेलले हेड मार्फत सुन्दर गोल गरे ।

खेलको ३६ औं मिनेटमा नर्थ बंगालका राहुल बासुमत्रीले बिर्तामोडकमा आषिश चापागाईँलाई डि बक्समा फल गरेपछि बिर्तामोडले पेनाल्टी पाएको थियो । बिर्तामोडकम लागि आषिशले नै पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । बिर्तामोडका लागि खेलको इन्ज्युरी समयमा आषिशले नै अर्काे गोल थपे । बिपक्षी गोलरक्षक अगाडि बढेको समयमा गरेको उनको भली प्रहार गोल भएको थियो ।

खेलको २२ औं मिनेटमा आषिशले गरेको फ्रि किक प्रहार पोष्टको नजिकैबाट बाहिरियो । खेलको अतिरिक्त समयमा योगेश गुरुङले गरेको प्रहार क्रस बारमा लागेर फर्कियो ।

नर्थ बंगालका कविर लामाले खेलको ३२ औं मिनेटमा प्रहार गरेको फ्रि किक क्रस बारमा लागेर फर्कियो । ५६ औं मिनेटमा मोहमद राहुलले वान टु वानको स्थितिमा गोल गर्न सकेनन् ।

खेलका प्लेयर अफ द म्याच बिर्तामोड युनाइटेड एफसीका आषिश चापागाईँ भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए । सोमवारको अर्काे क्वाटरफाइनल खेल मानेभन्ज्याङ एफसी भारत र धरान फुटबल क्लब सुनसरीबिच हुने आयोजक समितिका मिडिया संयोजक सुरज दंगालले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]