जेष्ठ ८, २०८१ मंगलबार

डिएसपीलाई दशैदशा

बिर्तामोड । पछिल्लो समय बिर्तामोडमा आउने प्रहरी प्रमुख डिएसपी विवादमा परिरहेका छन् । कुनै डिएसपी सुटुक्कै भाग्नु परेको छ भने केहि डिएसपीलाई सम्मान थाप्न भ्याइनभ्याई हुन्छ । उनीहरुको भुमिका अनुसार नागरिकले सम्मान गर्ने गरेका छन् ।


इलाका प्रहरी कार्यालय अनारमनीमा सरकारले ०७० जेठ २ गतेबाट डिएसपीलाई सुरक्षा प्रमुख बनाउन थालेको थियो । ५ वर्षभित्र बिर्तामोडले १० जना डिएसपी पाइसकेको छ ।
त्यो भन्दाअघि इन्सपेक्टर यहाँको प्रमुख हुने व्यवस्था थियो । बिर्तामोडको सुरक्षा प्रमुख भएका अधिकांश डिएसपी विवादमा पर्ने गरेका छन् । खड्काअघि ९ जनाले यहाँको जिम्मेवारी पुरा गरेर विदा भइसकेका छन् । पहिलो डिएसपीको रुपमा बिर्तामोडमा रविन्द्र केसी आएका थिए । त्यसपछि भुवनेश्वर तिवारी, संजय राउत, प्रज्वल महर्जन , खड्ग बहादुर खत्री, केशव कुमार थेवे, राज कुमार शिलवाल, जितेन्द्र कुमार बस्नेत र कृष्ण प्रसाद कोइरालाले जिम्मेवारी पुरा गरेर विदा भइसकेका छन् ।


न्यूनतम इप्रकामा प्रमुखलाई एक वर्षको लागि पठाइएको हुन्छ, प्रहरी अधिकारीले भने । तर, विर्तामोडमा एक वर्षै नभई धेरै डिएसपी विदा भएर गएका छन् । विभिन्न विवादका कारण उनीहरुलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाउने गरेको छ ।
इप्रका अनारमनीमा भुवनेश्वर तिवारी र राजकुमार शिलवाल सबैभन्दा धेरै विवादमा परेका डिएसपी हुन् । त्यसपछि खड्का विवादित भइरहेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाईसकेको छ । उनको ठाउँमा मोहन कुमार थापा आउने भएका छन् । थापा एक हप्ता पछि बिर्तामोड आउने छन् ।


नाबालक किरण दर्जीको हिरासतमा रहस्यमृत्यु भएपछि डिएसपी खड्काको दिनगन्ती शुरु भएको थियो । राजनीतिक संरक्षण भएकाले किरण दर्जीको घटनामा प्रहरीलाई जोगाइएको थियो । प्रहरी कै कारण घटना भएको थियो । प्रहरीलाई कारवाही गर्न अटेरी गरेका सरोकारवालालाई डिएसपी खड्काले आफ्नो कमजोरी छताछुल्ल पारेका छन् । आफ्नो कुर्सीमा बस्न दिएपछि खड्काले ठाउँ नै छोड्नु परेको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]