जेष्ठ ८, २०८१ मंगलबार

कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, बैशाख १९ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

बुधबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ।  त्यसैगरी, बुधबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ।

आज बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा तोकिएको छ।

त्यसैगरी बुधबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। बुधबार क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ २९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ५३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ ।

यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५१ र बिक्रीदर ४३४ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ।

प्रकाशित मिति : बैशाख १९, २०८१ बुधबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]