चैत्र १६, २०८० शुक्रबार

सडक बालबालिकाको उद्धार

झापा । प्रदेश १ सरकारले वेवारिसे जीवन बिताइरहेका सडक बालबालिकालाई उद्धार गर्न थालेको छ । विभिन्न कारणले घर छोडेर सडकमा जीवन बिताइरेका बालबालिकालाई उद्धारपछि शिक्षा दिने र सीप सिकाउने प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

उनका अनुसार सुनसरीको धरान र झापाको दमकबाट बालबालिकाको उद्धार गरिसकिएको छ । धरानबाट ३५ जना र दमकबाट १५ जना सडक बालकको उद्धार गरिएको मन्त्री घिमिरेले बताए । स्थानीय सरकारको समन्वयमा उद्धारको काम अघि बढाइएको बताइएको छ ।

शनिवार दमकबाट प्रदेश सरकारले बिर्तामोडका १६ बर्षीय सबिना बिक ,भद्रपुरकी १५ बर्षीय रुपा श्रेष्ठ ,धनकुटाका १५ बर्षीय अश्विन परियार, दमक ८ का १५ बर्षीय नरेस खड्का , भद्रपुरका १६ बर्षीय भिम कट्टेल , भद्रपुरकै ८ बर्षीय राज श्रेष्ठ , दमकका १३ बर्षीय निरास प्रसाई, इलामका १८ बर्षीय विवेक तामाङ्ग, भद्रपुरका १८ बर्षीय सुरज श्रेष्ठ ,भद्रपुरकै १८ बर्षीय घनबहादुर श्रेष्ठ , दमकका १८ बर्षीय राहुल तामाङ्ग, कमल ५ का १७ बर्षीय मञ्जित चौधरी , भद्रपुरका १४ बर्षीय विमल श्रेष्ठ ,सोही ठाउँका १७ बर्षीय सुरज श्रेष्ठलाई उद्धार गरेको छ ।

अभिभावक विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने गरी प्रदेश सरकारले सडक बालबालिका रहित प्रदेश बनाउन उद्धार कार्य अघि बढाएको हो । बालबालिका खोजतलास केन्द्र , प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा उद्धार गरिएको राष्ट्रिय बालअधिकार परिषद्का चित्र पौडेलले जानकारी दिए ।

यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीले आइतवार दुई बालकको उद्धार गरेको छ । बिर्तामोड–१० सैनिक मोडबाट उनीहरुलाई उद्धार गरिएको बिर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए । उनका अनुसार सैनिक मोडबाट १७ वर्षीय सुनिल मुर्मू र ११ वर्षीय विज्ञान मुर्मूलाई उद्धार गरिएको छ । उनीहरुलाई आज इटहरी स्थित बालबालिका संरक्षण केन्द्र पठाइनेछ ।

उद्धार गरिएका बालबालिकालाई प्रदेश, संघीय सरकार र विभिन्न संघसंस्थाले संरक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : पुष २१, २०७६ सोमबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]