असार ४, २०८१ सोमबार

०८४ को लागि तयार रहन हल्दिवारीका एमाले नेता कार्यकर्तालाई इञ्चार्जको निर्देशन

हल्दिबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य झापा इन्चार्ज विशाल भट्टराईले “म भए जित्ने अरु भए नजित्ने भन्ने” अहमता त्यागेर संगठन विस्तारमा अगाडी बढ्न हल्दिबारी एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिवार हल्दिबारी गाउँ अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले आफुभित्र रहेको अहमता त्यागेर संगठन विस्तारका गर्दै ०८४ को लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । एकले अर्कालाई नस्वीकार्ने भएकै कारण हल्दिबारीमा एमाले कमजोर भएको इगित गर्दै नेता भट्टराईले भरसक सर्वसम्मत नभए स्वच्छ प्रतिस्पर्धाद्वारा नेतृत्व चयन गर्नुपर्ने समेत जोड दिए ।

उक्त अवसरमा एमाले केन्द्रीय सदस्य अमृतलाल राजवंशी, प्रदेशसभा सदस्य माननीय छविलाल चुडाल, प्रदेश कमिटी सदस्य बसन्त बानिया, जिल्ला कमिटी सचिव तुलसी कार्की, जिल्ला सदस्य ललिता बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको खुल्ला सत्रको संचालन कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले गरेका थिए । जेठ १२ र १३ गते हुने दोस्रो गाउँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]