असार ४, २०८१ सोमबार

‘राष्ट्र र जनताको जीवनमा परिवर्तन ल्याउन झापा विद्रोहकै जस्तो त्याग चाहिन्छ’

मिसन ८४ पछि एमाले देशको बलियो शक्ति बन्नेछ : महासचिव

बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । त्यसका लागि पार्टीका नेता कार्यकर्ताहरुको बीचमा एकतावद्ध हुन आवश्यक रहेको बताए ।

आज झापाको बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनलाई उद्घाट गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एमाले नेता कार्यकर्ताहरु ठिक ढंगबाट पार्टी काममा लागियो भने कसैको पनि सहारा नलिई एमालेले बहुमत प्राप्त गर्ने बताए ।

बिर्तामोडको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि बलियो राजनीतिक शक्ति मुलुकलाई चाहिएको बताए । उनले मिसन ८४ बाट एमालेलाई बलियो शक्ति बनाउने गरी काम गर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस खस्किदो अवस्थामा छ, नयाँ पार्टी भनिएकाहरुको पपुलिजम जनताले अस्वीकार गर्न थालिसके – महासचिव पोखरेलले भने, एमाले बलियो राजनीतिक शक्ति बन्दै गएको छ । झन बलियो बनाउनका लागि मिसन ०८४ मा लाग्नुहोस् ।

नेपाली कांग्रेसले संसदमा अवरोध खडा गरेर सत्ता समिकरण भत्काउ प्रयास गरिरहेको भन्दै नयाँ समिकरण मिसन ८४ का लागि भएको जानकारी दिए । उनले अब कांग्रेस देशको बलियो राजनीतिक शक्ति बन्न नसक्ने बताउँदै नेता कार्यकर्ताहरुलाई पार्टी निर्माणमा निस्वार्थ लागिपर्न आग्रह गरे । कांग्रेसले देशमा अस्थिरता सिर्जना गर्न संसद्मा अवरोध गरेको भन्दै नेता पोखरेलले संसदलाई बन्धक नबनाउन सुझाव दिए ।

इलाम र बझाङको निर्वाचनले एमालेलाई थप उर्जा प्रदान गरेको बताउँदै महासचिव पोखरेलले पार्टी विरुद्धको भ्रम समेत चिरिएको स्पष्ट पारे । उनले झुलाघाट–चिवाभञ्ज्याङ यात्राले एमालेलाई जनतासँग जोड्न मुद्दत गरेको बताए । समृद्ध यात्राले एमालेमाथिको आरोपको समेत खण्डन गरेको महासचिव पोखरेलको भनाई थियो ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले एमाले नेता कार्यकताहरुलाई सम्मान र अवसरको खाजीमा नहिड्न सुझाव दिएका छन् । सम्मान र अवसरको खोजीले जनताको संवृद्धिको काममा अवरोध खडा गर्ने उनको भनाई छ । उनले राष्ट्र र जनताको जीवनमा परिवर्तन ल्याउन झापा विद्रोहकै जस्तो त्याग गर्नुपर्ने बताएका छन् ।

राजनीतिकलाई धर्मसँग जोडेर केहि पूर्वका नेताले समाजलाई पछि धकेल्न खोजिरहेको बताउँदै सजग रहन आग्रह गरे । उनले मौलिक संस्कृतिको जगलाई कमजोर बनाएर देशमाथि खेलवाड गर्नेहरु विरुद्ध सचेत हुनुपर्ने बताए ।

पपुलिजम सकियो
महासचिव पोखरेलले इलामको उपनिर्वाचनपछि पपुलिजमको आधारमा राजनीतिमा प्रवेश गर्नेलाई जनताले राम्रो सवक सिकाएको बताएका छन् । उनले भने, इलामेली जनताले पार्टी भनेको एमाले कांग्रेस नै रहेछ भन्ने बनाइदिए, त्यहाँबाट पपुलिजमको नारा सकियो । कोशी प्रदेशको नामाकरणको औचित्य समाप्त गर्ने खेलका विरुद्ध इलामेली जनता उभिएकोमा धन्यवाद दिदैं पोखरेलले मुलुकको भविष्य निर्माण गर्ने पार्टी एमाले भएको सन्देश दिएको जिकिर गरे ।

जनतासँग टुटेको सम्बन्धलाई जोड्न आग्रह गर्दै महासचिव पोखरेलले आपसी एकतामा जोड दिन आग्रह गरे । उनले नगर अधिवेशनलाई शुभकामना दिदैं सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए । आपसी एकतालाई कायम गर्न र पार्टीलाई बलियो बनाउन सहमतिबाटै नेतृत्व चयन गर्न आवश्यक रहेको बताए ।

पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा पार्टीका स्थायी कमिटी सदस्य अग्नी खरेल, नेपाली कांग्रेस बिर्तामोडका उपसभापति सुर्य कन्दङवा, रास्वपाका अर्जुन उप्रेती, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । आजैदेखि बन्दशत्र सञ्चालन हुने नगर सचिव शेखर कडेलले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  ५ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]