बैशाख २०, २०८२ शनिबार

मितेरी डेभलपमेन्ट बैंक विरुद्ध कनकाईका व्यवसायी आन्दोलित

बिर्तामोड । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड विरुद्ध कनकाईका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीमाथि बैंकको सुरुङा शाखाले ज्यादती गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कनकाईका होटल व्यवसायी प्रकाश श्रेष्ठको २ करोडको जग्गा लिलाम गर्ने सूचना प्रकाशन गरेसँगै अन्य व्यवसायीहरु समेत आन्दोलनमा उत्रिएका छन् । आइतवार बैंकका प्रतिनिधिहरुसँग छलफल गर्न समय तोकिएको थियो, स्थानीय भन्छन् – बैंकका प्रतिनिधिहरु नआएपछि व्यवसायीहरु आक्रोसित भएका हुन् ।

होटल व्यवसायी श्रेष्ठले ०७६-७७ मा २२ लाख कर्जा लिएको जानकारी दिए । उनका अनुसार २२ लाख कर्जाको १५ लाख ७५ हजार साँवा बुझाइसकिएको छ । त्यसबाहेक ब्याज पनि बुझाइएको जानकारी दिए । १४.५ प्रतिशत व्याजमा उनले लिएको कर्जा तिर्ने समय हुँदाहुँदै लिलामी प्रक्रिया अघि बढाएकोमा आपत्ति प्रकट गरेका छन् ।

बैशाख २६ गते उनले ३ लाख रुपैयाँ बैंकमा बुझाएको जानकारी दिए । बाँकी ३ लाख बुझाउने सहमति गरेकै थिए, उनले भने – त्यै पनि बैंकले मलाई कुनै जानकारी नदिई जेठ २ गते सूचना प्रकाशन गरिदियो । सूचना प्रकाशनपछि ऋणी श्रेष्ठलाई ३५ दिनभित्र बैंकमा सम्पर्क राखी बैंकको सम्पूर्ण तिर्नुपर्ने रकम तिरी बुझाई आफ्नो सम्पतिको संरक्षण गर्न समेत यसै सूचित गरिएको छ ।

तिर्न बाँकी ३ लाख मात्रै बाँकी भएको अवस्थामा बैंकले लिलामीको सूचना प्रकाशन गरेर मेरो चरित्र हत्या गर्ने काम गरेको छ, श्रेष्ठले भने – ३ लाख तिर्न बाँकी हुँदा २ करोडको सम्पत्ति लिलाम गर्ने षडयन्त्र भयो । व्यवसायीमाथि बैंकले अन्याय गर्न मिल्दैन, उनले थपे ।
गत शुक्रवार स्थानीय व्यवसायीहरुसहित बसेको छलफलले आइतवार बैंकका प्रतिनिधिहरु समेतको उपस्थितिमा समाधान खोज्ने सहमति भएको थियो । तर, सहमति बमोजिम प्रतिनिधिहरु नआएपछि व्यवसायीहरु आक्रोसित भएका हुन् ।

सूचनामा भनिएको छ, सो ऋण÷कर्जा बापत बैंकलाई बुझाउनु पर्ने व्याज रकम समयमा नबुझाइ बैंकस“ंग गरेको ऋण-कर्जा सम्बन्धी शर्तहरु उल्लंघन गरेको तथा ऋणीलाई पटक–पटक मौखिक तथा लिखित तारताकेता गर्दा समेत ऋणी तथा जमानीकर्ताले सोको पूर्ण वेवास्ता गरेकोले ऋणी, जमानतकर्ता लगायत ऋण÷कर्जास“ंग सम्बन्धित सबैलाई ऋण÷कर्जा चुक्ता भुक्तान गर्न मिति २०८०-१२-२६ गतेको पत्रिकामा कर्जा चुक्ता गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत उक्त कर्जाको सा“वा र सोमा लागेको व्याज चुक्ता भुक्तान गर्नेतर्फ तपशिलमा उल्लेखित ऋणीले कुनै ध्यान नदिएकोले निज ऋणीहरुले लेखिदिएको धितो सुरक्षणमा रहेको तपशिल बमोजिमको अचल सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गरिने ह“दा इच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त सूचनालाई लिएर श्रेष्ठले आफूमाथि अन्याय गरेको आरोप लगाइरहेका छन् । उनले न्यायका लागि उद्योग वाणिज्य संघ, व्यवसायीहरुसँग आग्रह समेत गरिरहेका छन् ।

यता, बंैकका शाखा प्रमुख रुविराज रिमालले विधि, प्रक्रिया बमोजिम नै सूचना प्रकाशित भएको जानकारी दिए । उनका अनुसार ऋणीले लिखित सहमति अनुसार शत प्रतिशत रकम नबुझाएपछि सूचना प्रकाशन गरिएको हो । उहाँलाई ३५ दिनको समय दिइएको थियो, शाखा प्रमुख रिमालले भने, त्यो समयभित्र पनि आधा मात्रै रकम बुझाउनु भएको थियो । त्यसैले बैंक प्रक्रियामा अघि बढेको हो ।

कनकाईमा यस विषयले व्यवसायीहरु आक्रोसित भएपछि बैंकका केन्द्रीय प्रतिनिधिहरु, वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधिहरुबीच सोमवार छलफलको तयारी गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]