बैशाख ७, २०८१ शुक्रबार

दुर्गा प्रसाई विरुद्ध कानुनी उपचार खोज्छु : डा . गिरी

काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आफूमाथि २० करोड घुस लिएको आरोप झुटो भएको बताएका छन्।

बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गर्दै डा गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए। उक्त आरोपको खण्डन गर्दै डा गिरीले आफूमाथि झुटो, भ्रामक र कपोकल्पित आरोप लगाएको बताएका छन्।

डा गिरीले पत्रकार सम्मेलन गर्दै उक्त आरोपको खण्डन गर्दै कानुनी उपचारको बाटो अवलम्बन गर्ने बताएका हुन्। उनले उक्त आरोप पुष्टि गर्न समेत चुनौती दिएका छन्।

‘म विरुद्ध लगाइएको आरोप मित्था, कपोकल्पित, भ्रामक र निन्दनीय छ। त्यसको पुष्ट्याई गर्न सम्बद्ध व्यक्तिलाई चुनौती दिन चाहन्छु,’ डा गिरीले भने, ‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित समाचारको भत्सर्ना गर्दछु र यसको कानुनी उपचारको बाटो अवलम्वन गर्नेनै छु।’

डा गिरीले आफू कसैलाई पनि द्वारीका होटलमा भेट्न नगएको पनि बताएका छन्। 

प्रसाईंले डा गिरीले द्वारीका होटलमा बोलाएर रकम माग गरेको आरोप लगाएका थिए। 

प्रकाशित मिति : पुष २३, २०७६ बुधबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]