बैशाख ८, २०८१ शनिबार

गाईगोरु तस्करीमा संलग्न पाँच पक्राउ

भद्रपुर : झापा प्रहरीले गाईगोरु तस्करीमा संलग्न आरोपमा एक भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ। राजगढ र भद्रपुरबाट उनीहरूलाई २४ वटा गाईगोरुसहित पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोलीले बाह्रदशी र कचनकवल गाउँपालिकास्थित भागुडुब्बा नाकाबाट भारततर्फ लैजाने लागेका २० वटा गोरुसहित बाह्रदर्शी ४ बस्ने ४२ वर्षीय चन्दन टुडु, सोही गाउँपालिका बस्‍ने ४८ वर्षीय साहिर आलम, २३ वर्षीय हमिदुल मिया र ३३ वर्षीय विजय मुर्मुलाई पक्राउ गरेको हो। 

त्यस्तै टोलीले भद्रपुर ३ डागीबारी स्थितमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ४ वटा गाईसहित भारत विहार राज्यस्थित जिल्ला किसनगञ्ज इट्टाभट्टा बस्ने १८ वर्षीय मोहम्मद शववीर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

गाईगोरुसहित पक्राउ परेका पाँच जनालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने जनाइएको छ।  झापा प्रहरीले पछिल्लो समयमा गाई–गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिए पनि तस्करहरूले प्रहरीलाई चुनौती दिँदै अहिले घैलाडुब्बामा गाईगोरु ल्याएर राख्‍ने र त्यहाँबाट जिल्लाका विभिन्न नाकामा पठाउन थालेको स्रोतको दाबी छ।

प्रकाशित मिति : पुष २४, २०७६ बिहीबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]