बजाज पल्सर ‘एन १५०’ बिर्तामोडमा विक्री सुरु
बिर्तामोड । बिर्तामोडको बजार शोरुम मेची पावर मोबाईल्स ट्रेडले बजाज Pulsar N150 Fi Abs BS6 को विक्री सुरु गरेको छ । मंगलवार बिर्तामोडका एक कार्यक्रमको आयोजना गर्दै बजारको नयाँ मोटरसाइकल ‘एन १५०’ सार्वजनिक गरेको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, हंसराज हुलास चन्द एण्ड कम्पनीका विक्री प्रमुख नरेन्द्र गौतम, हंसराज हुलास चन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसे, मेची पावर मोबाईल्स ट्रेड (बजाज शोरुम बिर्तामोड ) का प्रोपाईटर मनोज बंशल , आर.ए ट्रेडर्स सुरुङाका प्रोपाईटर कुबेर बस्नेत र बजाज शोरुम पथरीका प्रोपाईटर अमिस पौडेलले नयाँ मोटरसाइकलको सार्वजनिकिकरण गरेका हुन् ।
मोटरसाइकलको सार्वजनिकिकरणसँगै बिर्तामोडमा विक्री खुल्ला भएको बिर्तामोडका सञ्चालक मनोज वंशलले जानकारी दिए । १५० सीसी पल्सरको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर विक्री खुला गरिएको छ ।