बैशाख १४, २०८१ शुक्रबार

मनमोहनलाई ‘सेल्टर’ दिने सतालसिंहकाे उपचार अभावमा निधन

झापा : पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ।  मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो।

बिहीबारै स्थानीय हडिया खोलामा उनको अन्त्यष्टि गरिएकाृ छ।  झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउछन्। । सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोग्नुभएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाथे।

घाँटीमा ट्युमर भएका उनलाई छ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो। उपचार गर्न नपाउँदै उनको निधन भएको छ। सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन्। उन ीमाइली छोरीसँग बस्दै आएका थिए।

सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोग्नुभएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाथे। घाँटीमा ट्युमर भएका उनलाई छ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो। उपचार गर्न नपाउँदै उनको निधन भएको छ। सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन्। उन ीमाइली छोरीसँग बस्दै आएका थिए।

प्रकाशित मिति : पुष २५, २०७६ शुक्रबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]