बैशाख २६, २०८२ शुक्रबार

अवैध खोला उत्खननकाे विरोध गर्दा टिप्परले किचेर ‘हत्या’

धनुषा – अवैध रुपमा भइरहेकाे खोला उत्खननकाे विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शुक्रबार बिहान आफूसँगै मर्निङ वाकमा निस्केका दिलिपकुमार महतोले औरही खोलामा गिट्टी उत्खनन् भइरहेको देखेपछि रोक्न जाँदा चालकले जबर्जस्ती टिप्पर चलाएर किचेकाे प्रत्यक्षदर्शी राेशन यादवले बताउनुभयाे ।

अवैध रुपमा खाेलाबाट बालुवा गिट्टी उत्खन्न गर्न दिन नहुने भन्दै विराेध गर्दै आउनुभएका धनुषाकाे मिथिला नगरपालिका, श्रीपुरका २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको हो ।

बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका ओमप्रकाशले अवैध रुपमा बालुवा गिट्टी उत्खन्न भइरहेको देखेपछि रोक्न जाँदा बालुवा गिट्टी लिन पुगेकाे ना ७ ख ६४१३ नम्बरकाे टिपर चालकले तिमी रोक्ने को हो? भन्दै टिप्पर नै महताेमाथि चलाइदिएकाे उहाँसँगै रहनुभएका प्रत्यक्षदर्शी राेशन यादवले जानकारी दिनुभयाे ।

भारतमा इन्जिनियरिङ अध्ययनरत ओमप्रकाशको टिप्परले टाउकोमै किचेर हत्या गरिएको स्थानीयको आरोप छ । घटनालगत्तै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ भने टिप्पर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार पनि घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिप्परले किचेर दिलिपको हत्या भएकाे देखिन्छ । घटनापछि टिप्पर चालक फरार भएकाे प्रहरीले जनाएकाे छ ।  

यसैबीच घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका-५, श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले शान्ति सुरक्षा कायम गर्न त्यहाँ प्रहरी परिचालन गरिसकिएको र दोषी भनिएका टिप्पर चालकको खोजी कार्य भइरहेकाे जनाएकाे छ ।  

प्रकाशित मिति : पुष २५, २०७६ शुक्रबार  ३ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]