बैशाख २६, २०८१ बुधबार

बुद्धशान्तिमा डिप बोरिङ्गको शिलान्यास

शान्तिनगर । झापा बुद्धशान्ति –४ मा रहेको पानीघट्टामा डिप बोरिङ्गको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयको आर्थिक सहयोगमा डिप् बोरिङ् खन्ने कार्यको शिलान्यास गरिएको हो ।

डिप् बोरिङ्गको शिलान्यास जनताको समस्यालाई सुनुवाई गर्दै पहल गर्नु हुने झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकिले गर्नुभएको थियो । डिप बोरिङ्ग शिलान्यास गर्दै कार्यक्रमका प्रमूख अतिथि सांसद बुढाथोकीले डिप बोरिङ्गको काम सफलता पूर्वक सम्पन्नको कामना गर्दै त्यहाँका किसानले अत्यधिक रुपमा पानीबाट भूमि सिञ्चित गरि कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । सांसद बुढाथोकीले तिनैवटा सरकारले कृषिमा विशेष जोड दिएको बताँउदै उत्पादनशिल कृषिक्षेत्रमा लगानी गर्न आतुर रहेको पनि बताउनुभयो ।

विशेष अतिथि गाँउपालिका उपाध्यक्ष भुर्तेलले यस्ता कार्यक्रमबाट किसानले बढि भन्दा बढि फाइदा लिन सक्नु पर्ने बताउनुभयो । उपाध्यक्ष भुर्तेलले त्यहाँका जमिनमा धानमात्रै नभई बेमौसमी अग्र्यानिक तरकारी लगायतमा जोड दिई प्रदेशमै खेतीको क्षेत्रमा पूर्वर्कै पर्यटकीय स्थल बन्न सक्ने बताउनुभयो । वडाध्यक्ष बुद्धिमान लिम्बुले वडाले कृषि क्षेत्रमा लगान बढाउन विभिन्न योजना अघि सारेको बताँउदै युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गर्नुभयो ।

उक्त ठाँउका ४५ घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाईका लागि र कृषिजन्य बालीको उत्पादनमा वृद्धि ल्याउन डिप् बोरिङ्ग गरिएको समितिका अध्यक्ष पौड्यालले बताउनुभयो । उहाँका अनुसार डिप् बोरिङ्गले स्थानीय ४५ घरपरिवार र आसपासका क्षेत्रहरुमा पानीको समस्याको समाधान हुने जानकारी दिनुभयो ।

भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलय विराटनगरको १९ लाख ४७ हजार ९ सय ६१ रुपैँया, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिको ३ प्रतिशत श्रमदान र एवम् आर्थिक ४९ हजार ५ सय ९५ रुपैँया सहयोगमा उक्त डिप् बोरिङ्गको काम शु्रु गरिएको श्याम कट्टेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुष २५, २०७६ शुक्रबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]