जेष्ठ ३, २०८१ बिहीबार

पाँच वर्षमा १४ हजार बालबालिकाको मृत्यु

झापा । पछिल्लो पाँच वर्षमा १४ हजार बढी बालबालिकाको मृत्यु भएको तथ्याङले देखाएको छ । स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक आँकडाअनुसार पाँच वर्षमा पाँच वर्षमुनिका १४ हजार ४ जना बालबालिकाको मृत्यु भएको देखाएको हो । मृत्यु भएका बालबालिकामध्ये नवजात शिशुको संख्या उच्च छ । जन्मेदेखि २८ दिनसम्मका बालबालिकालाई नवजात शिशु भनिन्छ ।

फाईल तस्बिर

विभागको तथ्याङ्कअनुसार पाँच वर्षको अवधिमा नौ हजार तीन सय १९ नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा सबैभन्दा बढी तीन हजार एक सय ३८ नवजात शिशुको मृत्यु भएको विभागअन्तर्गतको सूचना व्यवस्थापन शाखाको (एचएमआइएस) तथ्याङकले देखाएको छ ।

त्यसैगरी, क्रमश आव ०७५÷०७६ मा दुई हजार ३६, ०७१÷०७२ मा एक हजार ८ सय ६५, ०७२÷०७३ मा एक हजार एक सय १३, ०७३÷०७४मा एक हजार एक सय ४७ नवजात शिशुको मृत्यु भएको छ । सोही अवधिमा २९ देखि ५९ दिनसम्मका नौ सय ४६ बालबालिकाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । दुई महिनादेखि पाँच वर्षसम्मका मृत्यु भएका बालबालिकाको संख्या तीन हजार सात सय ३९ छ । नवजात शिशुको मृत्युको मुख्य कारण कम तौलको जन्म, संक्रमण, सितांग हुनु, निसास्सिने समस्या र जन्मजात अपांग रहेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा झलक शर्माले बताए । उनकाअनुसार २९ दिनपछिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमा निमोनिया, झाडापखाला, मलेरिया लगायत रहेका छन् ।

प्रकाशित मिति : पुष २६, २०७६ शनिबार  ११ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]