बैशाख २७, २०८२ शनिबार

झापाका गणेशलाई एनसेलको बम्बर उपहार मोटरसाइकल हस्तान्तरण

बिर्तामोड । झापाका नगेन्द्र प्रसाद गणेशले बिक्रीमा बहार, बिक्रेतालाई उपहार कार्यक्रमम अन्तर्गत एनसेलबाट मोटरसाइकल उपहार प्राप्त गरेका छन् । झापा गाउँपालिका वडा नं. ५ पन्थापाडाका गणेशलाई आज एक कार्यक्रमका बीच बिर्तामोडमा एनसेलले डिस्करभर १२५ सीसी मोटरसाइकल उपहार स्वरुप प्रदान गरेको हो ।

गणेशले पन्थापाडामा शिव बाबा किराना पसल सञ्चालन गर्दै आएका छन् । सिम र रिचार्ज विक्री गर्दै बिक्रीमा बहार कार्यक्रम बमोजिम पोइन्ट पुराएर विजेता बन्न सफल भएका हुन् । झापाका व्यवसायी गणेशले एनसेलको गत पुसदेखि सञ्चालित कार्यक्रममा बम्पर उपहार प्राप्त गर्न सफल भएको एनसेलका रमेश श्रेष्ठले जानकारी दिए ।

एनसेलका कोशी प्रदेश व्यापार प्रवन्धक अम्बर भट्टचार्य लगायत प्रतिनिधिहरुले उपहार विजेतालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । व्यापारीहरुलाई प्रोत्साहित गर्न बिक्रीमा बहार, बिक्रेतालाई उपहार कार्यक्रम योजना सञ्चालन गरिएको थियो । सोही अवसरमा एनसेलको नयाँ योजना ‘एनसेल सधैं अन’ का बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]