बैशाख ११, २०८१ मंगलबार

माइमेला आजदेखि शुरु

सुरुङा । हरेक वर्ष माघेसंक्रान्तिमा लाग्ने माइमेला आजबाट शुरु हुदैछ । आजबाट शुरु हुने मेलाको मुख्य दिन माघ १ गते हो । माघ ३ गतेसम्म चल्ने मेलाको पूर्व तयारी सकिएको छ ।

मेलामा पूर्व नेपालसहित अन्य राष्ट्रबाट नागरिकहरु घुम्न आउने गरेका छन् । दुईदिनअघि नै कनकाई माइमा जाग्राम बसेर १ गते मकर नुहाएर मेला घुमेर फर्किने प्रचलन छ । देशभर लाग्ने धार्मिक मेलामध्येको ठुला मानिने माइबेनी मेलाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय झापाले आवश्यक तयारी गरेको बताइएको छ । सो मेला एफवीडी कन्ट्रक्सनले ठेक्का लिएको छ ।

१८ लाखमा धमेन्द्र दाहालको कन्ट्रक्सनले कनकाई नगरपालिकासँग ठेक्का सम्झौता गरेको नगरका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिए । माइपूर्व कनकाई नगरपालिकाले र पश्चित तर्फ शिवसताक्षीले ठेक्का लगाएका हुन् ।

प्रकाशित मिति : पुष २९, २०७६ मंगलबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]