माघ २८, २०८१ सोमबार

हल्दिवारीमा ससुरा बुहारीको हत्या गर्न खोज्ने बिर्तामोडका पौडेल पक्राउ

हल्दिवारी । झापाको हल्दिवारीमा नेपाली कांग्रेस गाउँ सभापति र उनको बुहारीको हत्या गर्न खोज्ने एकजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् । बुधबार दिउँसो ३ः३० बजे पौडेलले हल्दिबारी गाउँपालिका–२ प्रसाईं बस्तीस्थित नेपाली कांग्रेसका गाउँ समितिका सभापति गंगा प्रसाईंको घरमै पुगेर प्रसाई र उनकी बुहारी अन्दाजी बर्ष ३० की रेखा खरेल प्रसाईंमाथि धारिलो हतियार सिक्कल प्रहार गर्न खोजेका थिए । त्यहाँ भएका स्थानीयवासीले जोगाएका थिए । हल्दिवारी प्रहरीले उनलाई नियन्त्रणमा लिई साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ । प्रहरीले उनले प्रयोग गरेको प्र १–०१–०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

केही वर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले विगत एक बर्षदेखि सामाजिक संजालमार्फत बुहारी रेखालाई धम्क्याउने तथा गालीगलौज गर्दै आएका थिए । उनले ससुरा गंगा र बुहारी रेखालगायत प्रसाईं परिवारका अन्य सदस्यहरुको पनि सामाजिक संजालमार्फत चरित्र हत्या गरेपछि गत वर्षको चैत महिनामा पौडेलमाथि जिल्ला प्रहरी कार्यालय झापा र काठमाण्डौको हनुमान ढोकास्थित साइबर व्यूरोमा साइबर अपराधसम्बन्धी उजुरी गरिएको थियो । सोही विषयलाई लिएर पौडेलले रेखा र गंगालाई हतियार प्रहार गर्न खोजेको जनाइएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]